बेलडाँडी । कहिले कमिसन, कहिले सरकारी गाडी दुरुपयोग, कहिले काँग्रेस भित्रकै गरिब सोझासाझा जनजाति समुदायका गरि खानेकिसानलाई सुकुम्वासी बनाउने, १५ सैया अस्पताल निर्माण कार्य गर्दा पालिकाले चलाएको डोजर तोडफोड गर्न उस्काउने, अवैध भत्ता खाएर गाउँपालिकालाई आर्थिक भार थप्ने, नेपालको कानुन भन्दा बाहिर गएर सडकमा बनाएको घर नक्सालाई लगभग २ किलोमिटर टाढा अर्को कित्तामा घर देखाई बैंकलाई समेत बेकुफ बनाई ठुलो ऋण लिने, अनुगमन समितिको संयोजक भएकी आफैले आफ्नै नाममा विद्यालयबाट ३ लाखको चेक लगि १ बर्ष पछि फिर्ता, पालिकामा आफुलाई प्रेट्रोल बाढ्ने अधिकार भएको भन्दै जबरजस्ती प्रेट्रोल बाढ्ने लगायत विभिन्न बेलडाँडीको अहितमा कार्य गर्दै आएकी उपाध्यक्ष शान्ति नाथलाई नेपाली काँग्रेस बेलडाँडीले संरक्षण गर्ने विज्ञप्ती जारी गरेको छ भने यता बेलडाँडीका ५ क्रियाशिल राजनितिक दल लगायत स्थानीय बासिन्दाले बेलडाँडी उपाध्यक्ष नाथका कर्मकाण्डले बेलडाँडी बर्वाद हुन लागेको प्रति चिन्ता गर्दै उनको राजिनामा सहित पालिका प्रवेशमा रोक लगाएको छ ।
हिजो देखि शरुभएको बेथितिका विरुद्धको आन्दोलन थप पेजिलो पारिदै भोलि अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा १० बजेदेखि १२ बजे सम्म प्रवेश निशेध गरिएको छ । आज सोमवार बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथको कार्यकक्ष अगाडी प्रवेश निशेध गर्दै धर्ना दिएका थिए । दलहरुले उपाध्यक्ष नाथले गरेका कर्मकाण्डको छानविन माग गर्दै कार्वाहीको दायरामा ल्याउनु पर्ने जनाउदै सर्वदलिय तथा सर्वपक्षिय छानविन समितिको माग अघि सारेका छन् ।
यता नेपाली काँग्रेस बेलडाँडीले उपाध्यक्ष नाथको पहिले देखि नै बचाव गर्दै आएको थियो, यस्तो बचाव गर्ने पार्टी पाएपछि शान्ति नाथ झिन कमिसन देखि विभिन्न कर्मकाण्ड गर्न प्रोत्साहित हुदै आएकी छिन् ।
नेपाली काँगेस बेलडाँडीले आज सोमवार निकालेको बिज्ञप्ती यस्तो छ हेर्नुहोस् : प्रस्तुत विषयमा केही दिन देखि मिडिया, अनलाइन, खबर, वक्तव्य, प्रेसमिट र नोटिसहरु मार्फत वेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथको नितान्त व्यक्तिगत र जमुना भैसीपालन कृषक समुह वेलडाँडी गाउँपालिका–३ वीचको समुदायमा आधारीत व्यावसायिक भैसी पालन अनुदान कार्यक्रममा कमिसनको चलखेलमा संलग्न भएको भन्ने विषयमा उक्त विषयको सतही विषयलाई उठान गरी मिडिया द्वारा विषयगत उठान, प्रसारण, भास्यहरु वाट त्यसको आम जनमानसमा हुन जाने प्रभाव वारे नेपाली कांग्रेस वेलडाँडीको अत्यन्त गम्भिर ध्यानाकर्षण भएको छ।
उपाध्यक्ष शान्ती नाथ बाट यस विषयमा आफ्नो कुनै संलग्नता नभएको र राजनितीक प्रतिशोध एवं प्रपोकाण्डा भएको स्पष्टोक्ति प्राप्त भएको छ। साथै वेलडाँडी गाउँपालिका नेपाली कांग्रेसले मिति २०८१/०३/१५ गते पार्टीमा उक्त विषयमा गहन छलफल भई सो विषयमा सत्य, तथ्य छानविन गर्न पार्टीले आधिकारीक छानविन समिती गठन गरी, सो विषयमा गहन सत्य तथ्य छानविन समेत भइरहेको जानकारि गराउदछौ। पदीय आचरणको हेक्कामा रहन तथा सार्वजनिक पदीय जवाफदेहितामा रहन पार्टीले निर्देशन दिईएको छ। मिति २०८१/३/१६ गतेका दिन केही राजनितीक दलले प्रेश विज्ञप्ती र ध्यानार्कषण मार्फत नेपाली कांग्रेस पार्टीलाई अनावश्यक अफवाह फैलाएकोले सो प्रकृतिका अफवाह नफैलाउन नेपाली कांग्रेस सचेत गराउदछ ।
साथै समाचारमा आएको घृणित कार्यमा सलग्न पाईएमा नियमनकारी निकायवाट अधिकत्तम् सजाय होस र पार्टीले समेत पार्टीको विधि–विधान अनुसार प्रक्रियागत रुपले कार्वाहीको लागी प्रक्रिया अगाडी वढाइने प्रतिवद्धता जाहेर गदछौं भन्दै बिज्ञप्ती जारी गरेको छ ।
काँग्रेसको यस्तो विज्ञप्तीले दलहरु लगायत स्थानीय वासिन्दालाई जिस्क्याए जस्तो गरि विज्ञप्ती निकालेपछि दलहरुले थप संर्घषका कार्यक्रम गर्ने जनाएको छ ।
Discussion about this post