बेलडाँडी । नेपाली काँग्रेस सभापति गज बहादुर बिष्टले आज सोमवार कमिसन माग्ने आरोप लागेका बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई बचाऊ गरेको भन्दै सामाजिक संजालमा चर्को आलोचना गरिएको छ ।
नेपाली काँग्रेसले भ्रष्टमा लिप्त रहेकाहरुलाई बचाउन खोजेको नेपाली काँग्रेस भित्रैबाट आरोप लाग्नथालेको छ । हिजो कांग्रेसको गरिमा बेग्लै थियो, पार्टी सदस्यता पाउँदा पनि मानिसहरु गौरवको अनुभूति गर्थे, अहिले यस्ता गतिविधिले काँग्रेस आफ्नो खुट्टामा बन्चरो प्रहार गर्नलाग्दा काँग्रेसी हुँ भन्न लाज भएको उनीहरु बताउछन् ।
कतिपय इमान्दार नेपाली काँग्रेका सिपाहीहरु भन्छन्, यस्तो घिनलाग्दो कार्यले शिर निहुरीएको जनाउछन् । श्रोतका अनुसार बेलडाँडी काँग्रेलाई एकदुई व्याक्तिले आफुलाई पायक पर्नेगरी चलाएको आरोप लाग्दै आएको छ । आजको यस विज्ञप्तीले झिन प्रष्ट पारिदिएको यहाँका बुद्धिजीविहरुको बुझाई छ ।
कहिले कमिसन, कहिले सरकारी गाडी दुरुपयोग, कहिले काँग्रेस भित्रकै गरिब सोझासाझा जनजाति समुदायका गरि खानेकिसानलाई सुकुम्वासी बनाउने, १५ सैया अस्पताल निर्माण कार्य गर्दा पालिकाले चलाएको डोजर तोडफोड गर्न उस्काउने, अवैध भत्ता खाएर गाउँपालिकालाई आर्थिक भार थप्ने, नेपालको कानुन भन्दा बाहिर गएर सडकमा बनाएको घर नक्सालाई लगभग २ किलोमिटर टाढा अर्को कित्तामा घर देखाई बैंकलाई समेत बेकुफ बनाई ठुलो ऋण लिने, अनुगमन समितिको संयोजक भएकी आफैले आफ्नै नाममा विद्यालयबाट ३ लाखको चेक लगि १ बर्ष पछि फिर्ता, पालिकामा आफुलाई प्रेट्रोल बाढ्ने अधिकार भएको भन्दै जबरजस्ती प्रेट्रोल बाढ्ने लगायत विभिन्न बेलडाँडीको अहितमा कार्य गर्दै आएकी उपाध्यक्ष शान्ति नाथलाई नेपाली काँग्रेस बेलडाँडीले संरक्षण गर्न विज्ञप्ती जारी गरेको आरोप लागेको छ ।
नेपाली काँग्रेस बेलडाँडी सभापति बिष्टले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको विज्ञप्ती पोष्टको कमेन्ट बक्समै बेलडाँडी बचाउँ शुभचिन्तकहरुले दरो झापड दिएका छन् । विज्ञप्तीको धज्जी उड्ने गरी कमेन्ट गरेका छन् । कस्तो विज्ञप्तीले कस्तो प्रभाव पार्छ यो जमानामा सबैले बुझेका छन् हेर्नुहोस् :
Discussion about this post