अखिल नेपाल महिलासंघ बेलडाँडी गाउँकमिटीको पालिका स्तरीय वडा सम्मेलन सम्पन्न

बेलडाँडी, ६ भाद्र । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ बेलडाँडी गाउँकमिटीले पालिका स्तरीय वडा सम्मेलन सम्पन्न गरेको छ । संघले पालिका भित्रका पाचै वडाको सम्मेलन सम्पन्न गरेको अखिल नेपाल महिलासंघ जिल्ला कोषाध्यक्ष लक्ष्मी भट्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार अखिल नेपाल महिलासंघले वडा स्तरीय नयाँ कार्य समिति चयन गरेको बताउनु भयो । बेलडाँडी गाउँपालिका वडा नं.१ को अध्यक्षमा तारा धामी, वडा नं.२ सोनी सुनार, वडा नं.३ प्रेमजला कुँवर, वडा नं.४ कल्पना नेपाली र वडा नं.५ गिता ओखेडाको अध्यक्षतामा वडा कमिटि निर्विरोध चयन गरिएको बताए । सम्मेलनमा नेताहरुले अखिल नेपाल महिला संघका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

अखिल नेपाल महिलासंघ जिल्ला कोषाध्यक्ष लक्ष्मी भट्टको प्रमुख आतिथ्यमा बेलडाँडीका सम्पूर्ण वडामा अनेमसघ बेलडाडी गापा अध्यक्ष बिमला भट्टका साथै जिल्ला अनेमसंघ खगेश्वरी भण्डारीको सहयोग र पार्टी नेतृत्व प्रदेश सदस्य अभिमान थापा ,प्रदेश सल्लाहकार कमला देबी कार्की गा.पा इन्चार्ज अक्कल बिष्ट लगायत गापा अध्यक्ष सचिब सम्पूर्णको सहयोगमा ५ वटै वडामा नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ वडा कमिटी चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित