बेलडाँडी, २६ कार्तिक । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि अतिक्रमित जमिनमा रहेका घरटहरा हटाउने दुईपटक सूचना जारी गर्दा समेत घरटहरा नहटाएपछि पुन: ७ दिने घरटहरा हटाने सूचना जारी गरेको छ ।
पालिकाले सोमवार एक सूचना जारी गर्दै अवका ७ दिन भित्र घरटहरा हटाउने सूचना पुनः जारी गरेको हो । खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि बेलडाँडी सरकारले खेलमैदान बनाउन अतिक्रमित ठाउँखालि प्रक्रिया अघिबढाउने सूचनाको अवज्ञा गरेको भन्दै पुनः ७ दिन भित्र घरटहरा हटाउन सूचना जारी गरेको हो ।
खेलमैदान निर्माणका लागि पालिकाले यस भन्दा पहिला ३५ दिने, १५ दिने सार्वजनिक सूचना जारी गर्दा समेत त्यहाँ बनेका घरटहरा खालि नभएपछि पुनः ७ दिने घरटहरा हटाउने सूचना जारी गरेको छ । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाद्धारा हस्ताक्षरित घर टहरा हटाउने सूचनामा भनिएको छ की : प्रस्तुत विषय सम्बाधमा यस बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत गौडी स्थित पूर्व नहर, पश्चिम खोला, उत्तर साविक वाटो एवं दक्षिण सामुदायिक वन तथा साविक जंगल यति चार किल्ला भित्रको जमिनमा खेल मैदान निर्माण गर्ने भनि गाउँ कार्यपालिकाको निर्णय भई सो चारकिल्ला क्षेत्रभित्र रहेका घर टहरा हटाउन हुन भनि मिति २०८१/०६/०६ गते ३५ (पैतिस दिने तथा मिति २०८१/०७/११ गते १५ । पन्ध्र) दिने सार्वजनिक सूचना जारी गरिएकोमा हालसम्म पनि घर टहराहरु नहटाउँदा निर्माण कार्यमा अवरोध भईरहेकोले उक्त चार किल्ला भित्रको जमिनमा बनेका व्यक्ति तथा संघ–सस्थाका सम्पूर्ण घर टहराहरु यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र हटाउन हुन सम्बन्धीत सबैको जानकारीको लागि पुनः यो सार्वजनिक सूचना प्रकाशित गरिएको जनाइन्छ ।
बेलडाँडीका अधिकांस युवाहरुको समस्यालाई मध्यनजर गर्दै पालिकाले भब्य खेलमैदान निर्माणका लागि प्रक्रिया अघि बढाउदा त्यहाँ बसेका सुकुम्वासीहरुले आफुहरुको व्यवस्थापन गरिदिए पालिकाले तोकेको ठाउँमा गएर बस्ने जनाउदै आएका छन् । तर त्यस भित्र बसोबास गर्ने अन्यत्र जमिन व्यवस्थापन भएकाहरुले समेत आफुहरुले कमाइखाइ गरि आएको जमिन त्यसै छोड्न नसकिने अडान लिएपछि दुई दुई पटक सूचना जारी हुदा समेत टसमस नभएको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार केहि परिवारले आफ्नो सरसमान सारी सकेको छ भने केहि परिवार अन्योलमै रहेका छन् । केहि परिवार कहिकतै स्थानीय सरकार पछि हट्छकी भन्ने मनसायले सरसमान नसार्न लागेको जनाईको छ । वास्तविक सुकुम्वासीहरुको व्यवस्थापन गर्ने स्थानीय सरकारले बारम्वार जानकारी गराउदा समेत अन्य जमिनदारहरुको उस्काहटमा नलाग्न पालिकाले आग्रह गरेको छ ।
राज्यले व्यवस्थापनको जिम्मा लिदालिदै समेत आफ्नो मनोगत तरिकाले सरकार विरुद्ध आन्दोलन गर्न खोज्नेहरुलाई समेत त्यस्तो कार्यमा नलाग्न आग्रह गरिहेको छ । विभिन्न कुलतबाट युवाहरुलाई जोगाउन पछिल्लो समय खेलकुद आवाश्यक रहेको भन्दै खेल क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने पालिका प्रमुख हरिशचन्द्र रानाको बुझाई छ । अहिले सम्म बेलडाँडीमा आफ्नो खेलमैदान छैन् । खेलमैदान नहुदा यहाँका खेलाडीहरु ओझेलमा परेको भन्दै पालिका गम्भिरतापूर्वक खेलमैदान निर्माणका लागि लागिपरेको छ ।
बेलडाँडी गाउँपालिकाका अधिकांस नागरिकले पालिकाको यस्तो निर्णय स्वागतयोग्य भएको जनाउदै आएका छन् । बेलडाँडी बासीका अनुसार पालिकाले खाली गराउन लागेको क्षेत्र भित्रका केही बास्तकि भूमिहिन भए त्यस्ताको व्यवस्थापन गरेर ठाउँ खालि गर्न सुझाव दिएका छन् । तर त्यस भित्र अधिकांस अन्यत्र व्यवस्था भएकाहरुलाई कुनै व्यवस्थापन नगर्न सकारलाई सुझाव दिइराखेका छन् । उनीहरुका अनुसार त्यो ग्रिनबेल्ट हो त्यो बस्तीको विचमा संरक्षण गरि राखिएको ठाउँ हो कसैले आफु खुसी कानुन हातमा लिएर अतिक्रमण गर्छ भने त्यसको जिम्मेवार स्वयम त्यसैले लिनुपर्ने उनीहरु बताउछन् ।
अधिकांस बेलडाँडीबासीहरु भन्छन् हामीले ताकत हुदाहुदै पनि सो क्षेत्र अतिक्रमण नगरेको हो, कानुन हातमा लिनुहुदैन भन्ने मान्यताले मात्र हामीले अतिक्रमण नगरेको जनाउछन् । संरक्षण गरेर राखिएको जग्गा खालिहुनुपर्नेमा जोड दिए । बेलडाँडी क्षेत्रको खेलकुद विकासका लागि बेलडाँडी प्रमुख राना सक्रिय भएका छन् तर तिनलाई फेल गर्न ठुलोशक्तिको चहलखेल भइरहेको छ । एमाले सरकारले नर्गन सकेको काम राना नेतृत्वको सरकारले धमाधम गरिरहेको स्थानीयको बुझाई छ ।
एमाले नेतृत्वकै पालामा ग्रिनबेल्ट संरक्षण गर्ने, त्यहाँ घरटहरा नबनाउन दिने, हरियो बगैचा निर्माण गर्ने, अतिक्रमण गर्नेहरुलाई कानुन बमोजिम कार्वाही गर्ने निर्णय गरिसेको छ । त्यस भन्दा पहिला सर्वदलियले समेत उक्त क्षेत्र अतिक्रमणबाट जोगाई हरियो बगैचा बनाउने निर्णय गरेको छ । सोहि निर्णय बमोजिम अध्यक्ष रानाले मध्यमार्गी खेलमैदानको अवधारणा ल्याएका हुन ।
Discussion about this post