कालिकोटमा तीन दिने प्राकृतिक स्रोतमा आधारित व्यावसायिक मोडेल प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न

कालिकोट ।  कालिकोट जिल्लाको मान्ममा तीन दिने उद्यम विकास सहजकर्ताकरुको लागि प्राकृतिक स्रोतमा आधारित व्यावसायिक मोडेल प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न भएको छ ।

USAID को जल जंगल परियोजनाले सोमबार देखि आयोजना गरेको तालीमको बुधबार सफलतापूर्वक समापन भएको हो । तालिमामा कर्णाली प्रदेशका जुम्ला मुगु कालिकोट जाजरकोट र डोल्पा तथा सुदुरपश्चिम प्रदेशका वाजुरा र हुम्ला जिल्लाका विभिन्न २९ स्थानीय तहमा कार्यरत २९ जना उद्यम विकास सहजकर्ताहरु सहभागी रहेका थिए ।

यो परियोजनाले प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसायहरुको (प्राकृतिक उपहार स्वरुप प्रदान गरेका कच्चा पदार्थहरुको दिगो प्रयोग गरी सो कच्चा पदार्थबाट उद्यम व्यवसाय संञ्चालन गर्नु) प्रर्वद्धन तथा विकास गर्नु प्रमुख उद्देश्य रहेको आयोजकले जानकारी दिए ।

जस अन्तर्गत उद्यमीहरुको आवश्यकता पहिचान गरी उद्यमशीलता विकास तथा वित्तीय साक्षरता तालीम , बजारीकरण, उपयुक्त प्रविधिमा सहजकिरण, सीप विकास तालीम , लघुवित्तमा पहुँच जस्ता कार्य गर्दछ ।

तालिमको उ‌द्देश्यहरु स्थानयि स्रोतको पहिचान गर्नु, संञ्चालनमा रहेका प्राकृतिक स्रोतमा आधारित उद्योगहरुको अवस्था पहिचान गर्नु ,उद्योग क्षेत्रमा स्थानीय तहको पहल कदमीबारे जानकारी । प्राकृतिक स्रोतमा आधारित उ‌द्योगहरुको समस्या पत्ता लगाउने वा उद्यम विकास सहजकर्ताहरुको क्षमता विकास गर्नु, प्राकृतिक स्रोतमा आधारति उद्यमको दिगोपन बारे जानकारी गराउने रहेको छ ।

तालिममा स्थानिय तहमा भएका प्राकृतिक श्रोतमा आधारीत विभिन्न उद्यम व्यवसायहरुको पहिचान भएको थियो । उक्त तालिममा USAID जल जंगलका दिल विश्वकर्मा, विनोद शाही, मुकेश कुँवर, र शारदा शेर्पाले सहजीकरण गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित