शान्ति निकेतनका अध्यक्ष रामदत्त भट्टका लागि रास्वपा नेतृ सोबिता भोट माग्दै

कञ्चनपुर, मंसिर १३ । १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६मा हुने वडाध्यक्ष पदका लागि हुन लागेको उप निर्वाचनमा होमिएका शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्टका लागि रास्वपा नेतृ सोबिता गौतम भोट मागिरहेकी छिन ।

शान्ति निकेतन माविका अध्यक्ष भट्ट रास्वपाबाट वडाध्यक्षका उम्मेदवार हुन । उनलाई जिताउन रास्वपा महिला नेतृ गौतम घरदैलो गर्दै भोट मागिरहेकी छिन । रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशीले बुधबारदेखि गौतम उम्मेदवारसंग जनताको घरदैलोमा गएर सुशासन र दीगो विकासका लागि मत मागिरहेको बताए ।

‘हिजो र आज हामीले घरदैलो गरेर जनतासंग मत माग्दैछौँ, ‘नगर सभापति जोशीले भने, ‘आज बिहीबार मोटरसाईकल ¥याली सहित चुनावी सभा गरेर जनतासंग मत माग्दैछौँ ।’

चुनावी सभामा रास्वपा नेतृ गौतम सहित सह प्रवक्ता रमेश प्रसाई सहितले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा उम्मेदवार रामदत्त भट्टका यि हुन चुनावी एजेण्डाहरु समाजिक शैक्षिक क्षेत्र शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट चुनावमा होमिएका छन ।

उनले अहिलेसम्म वडामा काँग्रेस, एमालेले नेतृत्व लिदा पनि जनताको उनै समस्या भएकाले समाधानका लागि आफु चुनावकामा होमिएको छु ।

अहिलेसम्म चुनाव जितेर वडा हाकेका एमाले काँग्रेसले जनताको आधारभूत समस्या बुझ्न सकेनन, न उनीहरुले विधी पद्दती बसाले, त्यही भएर जनता अहिले पनि दुखि छन । मैले समग्र वडाको समस्या पहिचान गर्दै ति समस्याको अल्पकालिन होईन, दिर्घकालिन समस्या समाधानका लागि योजना ल्याँउछु ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि पर्यटन, शिक्षकको क्षमता विकास गर्नु, वडाका सेवा शिघ्र पारदर्शी, खानेपानी, सडक सुरक्षा, लागु औषध नियन्त्रण, भौतिक पूर्वाधार विकास गर्छु ।

मैले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्छु, किसानलाई सिँचाईदेखि मलबिउ दिलाउँछु, लागु औषध नियन्त्रण, फोहोरमैला व्यवस्थापन गर्छु, भ्रष्टाचारमुक्त गराउछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित