पुर्व समाजिक विकास मन्त्री ओम बिक्रम भाट (सरल)ले भीनपाको २२ सटरको विषयमा यस्तो भने

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश पुर्व समाजिक विकास मन्त्री ओम बिक्रम भाट (सरल)ले भीनपाको २२ सटरको विषयमा यस्तो मुख खोलेका छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस राख्दै यस्तो कुरा उल्लेख गरेका छन् ।

महेन्द्रनगर नगर विकास समितिको जग्गा व्यापक रुपमा अपचलन भएको सर्वविदितै छ । त्यसमा कोको र कुनकुन दलहरुका प्रतिनिधिहरु नेताहरू संग्लग्न थिए भन्नेपनी जगजाहेर नै छ । पछिल्लो समय युवा विद्यार्थीहरुको संयुक्त आन्दोलनको दबाबका कारण अवैधानिक संचनाहरु भत्काउने कार्य हुँदै आइरहेको थियो ।

जुन न्यायसंगत र जायज हो । तर बेलाबखत राजनीतिक दलहरु र नगरपालिका फेरिपनी गैरकानुनी र अवैधानिक कार्यको बचाउ र संरक्षणमा लाग्दै आइरहेको समेत सवैलाइ अवगत भएकै बिषय हो । पछिल्लो समय केन्द्रमा कांग्रेस एमालेको गठबन्धन बनेपश्चात यस्ता कार्यहरुले प्रोत्साहन स्वरुप तिब्रताका रुपमा अगाडि बढिरहेका छन ।

केहि समय पहिलेसम्म संयुक्त युवा–विद्यार्थीहरुको आन्फोलनका कारण भिमदत्त नगरपालिका अन्तरगतका सरकारी संरचनामा बनेका गैरकानुनी संरचना भत्काउन नगरपालिका वाध्य भएको थियो । जसकारण महेन्द्रनगरको मदन चोकमा २२ सटर सडक विस्तार गर्न बाधक भए भनेर नगरपालिका स्वयमले हटाएको थियोे । अहिले आएर हटाएकै ठाउँमा फेरि भिनपाले बनाउने भनेर भनेको भएता पनि मापदण्ड अनुसार बन्ने स्थितिमा छैन ।

सडकको फुटपाथ एरियामा विद्युतका पोलहरु छन त्यसकैलागी पनि पर्याप्त जमिन पुगिरहेको छैन ! सडक छेउमा १.७० सेमि फुटपाथ बनाउने स्टिमेट भएको कारण केहिदिन पहिला भिनपाले एडिविलाई मौखिक निर्देशन दिएर फुटपाथ बनाउन आदेश गरेको भन्ने सुन्नमा आएको थियो ।

निर्माण कम्पनीले पिसिसि ढलानको काम गरेको केही समय पछि भिनपाले एकाएक फेरि फुटपाथ कार्य रोक्नु भनेर एडिविलाई नै पत्राचार गरेको देखिन आएको छ । फुटपाथ बनाउने काम दुईदिन सम्म चलेकोमा एकाएक रोकेर फेरि अवैध संरचना बनाउने हो कि भन्ने आम जनतामा परिरहेको छ ।

बजारलाई व्यवस्थित गर्नु र व्यपारीहरुलाई नगरपालिकाले कानुनी रुपमा उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउनुपर्ने हुन्छ । नागरिक र व्यवसायीलाई दुख दिएर होइन । नगरपालिकाले विधिवत र न्यायोचित काम गर्नुपर्छ । तर कुनैपनी हिसाबले गलत र कुत्सित मानसिकताले गलत कार्य गरिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित