माओवादी निकट महिला संगठनद्वारा श्रीमती कुटने उपप्राध्यापक भट्टलाई कानुनी कार्बाहीको माग

कञ्चनपुर, मंसिर २० ।नेकपा माओवादी केन्द्र निकट महिला संगठनले प्राज्ञिक थलोमा कार्यरत पुरुषबाट शिक्षा क्षेत्रमा कार्यरत शिक्षिका श्रीमतीलाई मरणाशन्न हुने गरी कुटपिट कार्यप्रति दुख व्यक्त गरेको छ ।

माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले सुदूपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले महेन्द्रनगर माविमा कार्यरत शिक्षिका समेत रहेकी जयन्ती भट्टमाथि मरणाशन्न हुने कुटपिट गरेर अस्पतालसम्मै पु¥याउने कार्य दुख व्यक्त गरेको हो ।

क्रान्तिकारी महिला संगठन कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गर्दै प्राज्ञिक क्षेत्रमा कार्यरत व्यक्तिबाटै यस्तो कार्य खेदनजनक भएको जनाएको छ । क्रान्तिकारी महिला संगठन जिल्ला संयोजक शान्ति शाहीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेको छ ।

क्रान्तिकारी महिला संगठन कञ्चनपुरका नेता कर्याकर्ताहरुले समेत मदिरा सेवन गरेर श्रीमती कुटपिट गर्ने कार्य प्राज्ञिक क्षेत्रका व्यक्तिबाटै हुने कार्यबाट समाज आक्र्रान्त बनिरहेको भन्दै लज्जाको विषय भनिरहेका छन । माईती पक्षका अनुसार घाईते जयन्ती अस्पताल उपचारमै रहेको र प्रहरीले उपप्राध्यापकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

ज्यान मार्ने उद्योगमा केहीदिनदेखि उप्राध्यापक प्रहरी हिरासतमा भएपछि विद्यार्थी पढाईबाट बञ्चित भएका छन । यस घटनालाई समाजका अगुवाहरुले दुखत भएको संज्ञा दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित