पुष ५ देखि डा. शेखर कोइरालाको सुदूरपश्चिम भ्रमण तय

कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको २०८१ पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमण तय भएको छ ।

कोइरालाको निजी सचिवालयले जनाएको अनुसार भ्रमण अवधिभर उनले धनगढीमा नौ आटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।

सचिवालयले जनाए अनुसार, डा. कोइरालाले पुष ५ गते शुक्रबार धनगढीमा सुदूरपश्चिमका नौ आटै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ ।

उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुनेछ । शुक्रबार उनी दिनभर भेटघाटमै ब्यस्त रहने तालिका रहेको छ ।

पुष ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरुसँगको भेटघाट रहेका छ । सोही दिन दिउँसो डा. कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

डा. शेखर कोइरालासँगै नेपाली कांगे्रसका नेता हृदयराम थानी, डा. गोबिन्दराज पोखरेल, सुनिल शर्मा लगायतका नेताहरुले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

डां शेखर कोइरालालाई भेटन सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारी तथा नेता कार्यकर्ता धनगढी आउनेक्रम शुरु भइसकेको छ । डा. कोइराला सुदूरपश्चिम आउने खबरले स्थानीय नेता तथा कार्यकर्ता निकै उत्साही भएका छन् ।

नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा हुने डा. शेखर कोइरालाको यो भ्रमणलाई पार्टी भित्र र बाहिर निकै चासोको साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित