पुनर्वास राष्ट्रिय मावि ११ ले राष्ट्रपति रनिङ शिल्डमा दोस्रो स्थान प्राप्त गर्दै खेलकुदमा नयाँ पहिचान

पुनर्वास,८ पौष सोमबार/लाल बहादुर एस के । पुनर्वास राष्ट्रिय मावि ११ ले स्थानीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा दोस्रो स्थान प्राप्त गरेको अवसरमा विद्यालय सेवा क्षेत्र वरपर र्याली निकालेर उत्सव मनायो।

र्यालीमा सहभागी विद्यार्थीहरूले विद्यालयको उपलब्धिलाई मनाउँदै उत्साहपूर्ण प्रदर्शन गरे। यस अवसरमा विद्यालयले सबै विजेता विद्यार्थीलाई टीका लगाइ सम्मान गर्दै उनीहरूको प्रयास र सफलता उत्सवको रूपमा मनायो।

विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले विद्यालयको खेलकुदमा प्राप्त यो सफलता विद्यालयका लागि गर्वको विषय भएको र आगामी दिनमा विद्यालयले विभिन्न खेलकुद विधामा अझ राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई हार्दिक बधाई र धन्यवाद दिए।

विद्यालयको समग्र नतिजा अत्यन्तै सन्तोषजनक रहेको छ। ८ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित विद्यालयले आफ्नो प्रतिष्ठा थप मजबुत बनाएको छ। प्रमुख उपलब्धिहरूमा अनिता खड्काले २०० मिटर र १०० मिटर दौडमा प्रथम स्थान हासिल गरिन्, अस्मिता तामाङले ३००० मिटर दौडमा प्रथम र १५०० मिटर दौडमा दोस्रो स्थान प्राप्त गरिन्।

कराते विधामा रघुविर सार्की र जीवन एस के ले क्रमशः ५२ किलोग्राम र ५७ किलोग्राम तौल समूहमा पहिलो स्थान प्राप्त गरे। अन्य प्रमुख स्थानहरूमा कृश बिस्ट, अबिशेक गुरुङ, गजेन्द्र सावद र विस्ना सेट्ठीको योगदान पनि विशेष रहेको छ।

यो सफलता विद्यालयको मात्र नभएर सम्पूर्ण पुनर्वास नगरपालिकाको लागि गर्वको विषय हो। विद्यालयले भविष्यमा पनि खेलकुद क्षेत्रमा उत्कृष्टता हासिल गर्दै थप नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित