युवा व्यवसायी देउवाद्वारा भीमदत्त नगरका ४२ विपन्न परिवारलाई कम्बल वितरण

कञ्चनपुर, पुष १५ । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय एव भारतमा व्यवसाय गर्दै आएका युवा उद्यमी व्यवसायी दिपक देउवाले भीमदत्त नगरका ४२ परिवारलाई कम्बल वितरण गरेका छन ।

भीमदत्त नगरपालिका ८ तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले भीमदत्त नगरपालिका १४ सहितका दुई पत्रिका मजदुरलाई पनि कम्बल वितरण गरेका हुन । बिहानै पत्रिका वितरण गर्दैै आएका चन्द्रदेव भट्ट र प्रेमसिह धामीलाई पनि उनीहरुको श्रमको सम्मान गरेर कम्बल वितरण गरेका छन ।

सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १४ नम्बर वडा बनकट्टी गाँउमा दलित जनजाती, आदिवासी विपन्न समुदायलाई फाईबर कम्बल वितरण गरेका छन ।
भीनपा ८ तिलाचौरका स्थानीय समेत रहेका स्व. धन बहादुर देउवा(प्रधान) र नर्मलादेवी देउवाका छोरा दिपक देउवाले स्वदेशमा केही समाजिक काम गरेको छन ।

भारतको भ्यानला स्टेल एण्ड एलोईस प्रालि र आरएन स्पाका संचालक देउवाले चाडोका बेला विपन्न नागरिकलाई कम्बल वितरण गरेको बताए ।
भीमदत्त नगरपालिका १४ का वडाध्यक्ष भोजराज जोशीको अध्यक्षतामा समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर)को प्रमुख आथित्य, भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामी देउवाका सहोदार दाजु कृष्ण बहादुर देउवा, छिमेकी बलराम एसके सहितको उपस्थितिमा वितरण गरिएको थियो ।

यसरी विदेशमा व्यवसाय गरेपछि मातृभूमिका विपन्न समुदायको उत्थानका लागि गरेको समाजिक कामको सरोकारवाला क्षेत्रका व्यक्तित्वले सम्मान गरेका छन । निःशुल्क कम्बल पाएपछि विपन्न परिवार एव पत्रिका मजदुर हर्षित भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित