युवा व्यवसायी देउवाद्वारा आफ्नै गाँउ तिलाचौरका ६० अति विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण

कञ्चनपुर, पुष १६ । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय एव भारतमा व्यवसाय गर्दै आएका युवा उद्यमी व्यवसायी दिपक देउवाले भीमदत्त नगरका ६० विपन्न दलित परिवारलाई न्यानो कपडा (कम्बल) वितरण गरेका छन ।

तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले भीमदत्त नगरपालिका ८ तिलाचौर आफै गाँउका अति विपन्न दलित महिला अपाङता भएका असाहय परिवारलाई न्यानो लुगा वितरण गरेका हुन ।

मंगलबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराको अध्यक्षतामा ८का वडाध्यक्ष मदनराज मिश्रको प्रमुख आथित्य, समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर)को बिशिष्ठ आथित्यमा दानबिर दिपक देउवा र हिरादेवी देउवाले विपन्न समुदायलाई फाईबर कम्बल वितरण गरेका छन ।

भीनपा ८ तिलाचौरका स्थानीय समेत रहेका स्व. धन बहादुर देउवा(प्रधान) र नर्मलादेवी देउवाका छोरा दिपक देउवाले स्वदेशमा केही समाजिक काम गरेको छन । भारतको भ्यानला स्टेल एण्ड एलोईस प्रालि र आरएन स्पाका संचालक देउवाले चाडोका बेला विपन्न नागरिकलाई कम्बल वितरण गरेको बताए । उनले स्वदेशमा रहेका केही विपन्न नागरिकलाई राहत सुविधाका लागि समाजिक काम गरेको बताए ।

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर)ले परदेशमा व्यवसाय गर्दै आएका देउवाले मातृभूमिका नागरिकको उत्थानका लागि केही समाजिक गरेर पुण्य कमाईरहेको बताए ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष मदनराज मिश्रले पनि यसरी आफ्नै गाँउ, नगरका विपन्न समुदायका नागरिकका लागि देउवाले गर्दै आएको समाजिक कार्य सरानिय भएको बताएका छन ।

सोमबार पनि देउवाले भीनपा १४बनकट्टीका ४२ परिवार र भीनपा १८ महेन्द्रनगर माविका बौद्धिक अपाङ्गता भएका १६ विद्यार्थीलाई न्याना लुगा वितरण गरेका छन । दानबिर देउवाका सहोदार दाजु कृष्ण बहादुर देउवा, छिमेकी बलराम एसके सहितका जनप्रतिनिधी, स्थानीय, कर्मचारी समाजिक व्यक्तित्वको उपस्थितिमा देउवाले समाजिक काम गर्दै आएका छन ।

निःशुल्क न्याना कपडा पाएपछि विपन्न समुदाय हर्षित भएका छन । देउवाको समाजिक कामको स्थानीयले प्रसंसा गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित