कञ्चनपुर, पुष २३ । कञ्चनपुरको उत्तरी क्षेत्र गड्डाचौकीदेखि तुमताडीसम्म सडक विस्तारको स्थानीयले माग अघि सारेका छन ।
मंगलबार भीनपा १० वडा कार्यालयमा ज्ञापन पत्र बुझाउँदै गड्डाचौकीदेखि तुमताडीसम्म सडक विस्तारको स्थानीयले माग अघि सारेका हुन ।
एमाले भीमदत्त नगरका युवा नेता एव स्थानीय समेत रहेका दिनेश विष्टले गड्डाचौकीदेखि तुमताडीसम्म सडक नक्सा अनुरुप विस्तारको माग अघि सारेर भीनपा १० वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए ।
उनका अनुसार नक्सा अनुरुप सडक विस्तार नहुँदा दुर्घटनादेखि यात्रुलाई जोखिम भईरहेको छ । ज्ञापन पत्र बुझ्दै भीनपा १०का वडा सदस्य प्रताप सिह साउदले नक्सा अनुरुप सडक विस्तारका लागि जनताबाट आएको माग अनुरुप वडाले पहल गर्ने बताए ।
Discussion about this post