दक्षिण कोरिया कर्मथलो बनाएका पत्रकार कलौनीले छोरीको जन्मदिन अनाथ बालबालिकासँगै मनाए

कञ्चपुर । दक्षिण कोरिया कर्मथलो बनाएका पत्रकार बिरेन्द्र कलौनीले छोरीको जन्मदिन अनाथ बालबालिकासँगै मनाएका छन् । बेदकोट नगरपालिका ९ लालपुरका स्थानीय एवम् सुदूरपश्चिम खबर डटकमका सम्पादक कलौनीले छोरी आरबी कलौनीको जन्मदिन अनाथ बालबालिकासँगै मनाएका हुन् ।

बिरेन्द्र कलौनी सुदूरपश्चिमेली समाज थेगु दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष समेत हुन्।  कलौनी परिवारले आइतबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा छोरी आरबीको जन्मदिन मनाएका हो । आरबीका ठुलबुवा प्रकाश कलौनीले सामाजिक कार्य गर्ने उद्देश्यका साथ अनाथालयमा रहेका अनाथ बालबालिकासँग केक काटेर रात्रि भोज खुवाएको बताए ।

‘हाम्रो परिवारले सामाजिक काम गर्ने उद्देश्यका साथ अनाथालयमै जन्मदिन मनाएका छौँ, ‘प्रत्येक वर्ष हाम्रो परिवारका सदस्यको जन्मदिनको अवसरमा हामीले सामाजिक कार्य गर्दै आई रहेका छौँ।’ उनले भने ‘होटलमा गएर फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिकासँग परिवार जसरी नै खुसी साटेर सामाजिक कार्य गर्नु नै उत्तम हुन्छ, अनाथ बालबालिकाहरूलाई पनि आफ्नोपनको महसुस हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित