कञ्चनपुर । नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले जिल्लाका सम्पुर्ण संचारमाध्यम र संचारकर्मिलाइ पत्रकार आचारसंहिताको पुर्ण पालना गर्न अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ कंचनपुरका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षमा आज बसेको बैठकले सो निर्णय गर्दै अनुरोध गरेको हो । जिल्लामा पछिल्लो समय पत्रकार आचारसंहिताको पालना नभएको जनगुनासो बढेपछी पत्रकार आचारसंहिताको पालना गरि समाचार तथा संवाद सम्प्रेषण , प्रकाशन , प्रशारण गर्न सम्बन्धित सबै संचारकर्मी र संचारमाध्यम लाइ अनुरोध गरिएको उहाँको भनाइ छ ।
पत्रकारहरुले कुनै पनि बिषयको समाचार प्रकाशन ,प्रशारणमा ध्यान दिनु पर्ने हुन्छ अर्थात संयमित हुनुपर्ने हुन्छ , उहाँले भन्नुभयो ” आचार संहिताको पालना नगरी हचुवाको भरमा लेखिएका, प्रकाशन गरिएका वा प्रशारण गरिएका समाचारले पत्रकार र सञ्चारमाध्यम प्रतिको बिश्वसनियता गुम्दै जान्छ, त्यसले भोलि संचारक्षेत्र लगायत सबैलाइ धराशायी बनाउन्छ।”
पछिल्लो समय पत्रकारहरुले पत्रकार आचारसंहिताको पालना नगर्दा पत्रकार प्रतिको बिश्वास समेत गुम्दै गएको उहाँको भनाइ छ ।
पत्रकारिताको एक इथिक्स हुन्छ ,उहाँले भन्नू भयो,” त्यो इथिक्सको सबैले पालना गर्नु पर्छ ,त्यो दायरा भित्र रहेर काम गर्यो भने भोलि कसैले औला खडा गर्ने बाटो रहदैन ।”
जिल्लामा रहेका सबै संचारमाध्यम र पत्रकारहरुलाइ आचार संहिताको पालना गर्न गराउन अनुरोध गरिएकोले सबैले यस विषयमा जिम्मेवार भएर काम गर्नेमा बिश्वस्त रहेको समेत अध्यक्ष धामीले बताउनु भएको छ ।
यसैगरी , नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले शाखाका सबै सदस्यहरुलाइ सदस्यता नवीकरण गर्न समेत अनुरोध गरेको छ । आज बसेको बैठकले सो निर्णय गरेको हो । शाखाका सदस्यहरुलाइ यश बर्सको सदस्यता नबिकरण गरिदिन अनुरोध गरिएको अध्यक्ष धामिले बताउनु भएको छ ।





















Discussion about this post