महेन्द्रनगर जेसीजको नयाँ कार्य समितिको पदस्थापन

शंकर अवस्थी, माघ ५ । महेन्द्रनगर जेसीजको नयाँ कार्य समितिको पदस्थापन तथा पद हस्तान्तरण गरिएको छ । बर्ष ०२५लागि नवनिर्वाचित जेसीजका पदाधिकारीहरुको पदस्थापन तथा पद हस्तान्तरण गरिएको हो ।

शनिबार एक कार्यक्रमका विच नवनिर्वाचित जेसीजका पदाधिकारीहरुको पदस्थापन तथा पद हस्तान्तरण गरिएको जनाएको छ । बर्ष ०२५का लागि यस अघि निर्वाचित पदाधिकारी, एव सदस्यको पदस्थापन गरिएको हो । बर्ष ०२४ का अध्यक्ष जानकी रोकायाले बर्ष ०२५का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीलाई पदहस्तान्तरण गरेकी थिईन ।

सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्य तथा पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
जेसीज महेन्द्रनगर बर्ष ०२५ का महासचिव लक्ष्मण प्रशाद पन्तले संचालन गरेको कार्यक्रममा जेसीज महेन्द्रनगरका पुर्व अध्यक्ष सहितका पदाधिकारी सदस्य, एव सरोकारवालाको सहभागिता रहेको थियो ।

महेन्द्रनगर जेसीजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले आगामी दिनमा युवाहरुको क्षमता बृद्धि विकास समाजिक हितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित