बेलडाँडी । बेलौरी नगरपालिका स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिकल सेल ल्याब सहितको वार्ड र महिलाहरुमा हुने पाठेघरको क्यान्सर बिरुद्धको खोप यसै आर्थिक वर्षदेखि संचालन गर्न नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ का सभापति गोपी प्रसाद उपाध्यायले स्वास्थ्य मन्त्रालयमा पहल गरेका छन् ।
यस पहलको उद्देश्य स्वास्थ्य सेवामा सुधार ल्याउन र स्थानीय समुदायका स्वास्थ्य समस्यालाई समाधान गर्नु हो । श्रीपुर स्वास्थ्य केन्द्रमा सिकल सेलबाट थालिएका मानिसहरूको उपचारमा सहयोग पुर्याउनेछ भने पाठेघरको क्यान्सरको रोकथामका लागि खोपले महिलाहरुलाई सुरक्षित राख्ने काम गर्नेछ । यसले बेलौरीका महिलाहरुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निभाउने विश्वास गरिएको छ ।
सभापति उपाध्यायले यस विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्दै, यसै आर्थिक वर्षदेखि स्वास्थ्य सेवा शुरु गर्नुपर्ने महत्वपूर्ण कदम उठाएका छन् । उनले स्वास्थ्य मन्त्रीसंगको भेटमा यहि योजना शीघ्र कार्यान्वयनमा ल्याउने कुरा पुष्टि गरेका छन् । पछिल्लो समय यी काँग्रेस नेता उपाध्याय प्रत्यक्ष गरिब दुखीको पक्षमा मल लगाउने कार्यमा अग्रसर देखिएका छन् । बैदेशिक रोजगारीमा अलपत्र परेका आफ्ना क्षेत्रका धेरैको उद्धार समेत गरेका छन् ।
“श्रीपुर स्वास्थ्य केन्द्रमा यस्तो ल्याब र खोप सेवा थप्दा बेलौरीका महिलाहरु र सिकल सेल प्रभावित बिरामीलाई ठूलो राहत मिल्नेछ । यो कदम स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याउने छ,” उनले भने । यो योजना स्थानीय स्तरमा महिला स्वास्थ्यको स्थितिलाई सुधार गर्ने र कञ्चनपुरका नागरिकको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
सम्भावित योजना अनुसार, स्वास्थ्य केन्द्रमा सिकल सेलबाट थालिएको बिरामीको नियमित जाँच र उपचारको सुविधा उपलब्ध हुनेछ भने, महिलाहरुको स्वास्थ्य जाँच र पाठेघर क्यान्सरको खोप वितरण पनि प्राथमिकतामा हुनेछ ।
उपाध्याय संगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बेलौरी लगायत देशभरका विद्यालयहरुमा कक्षा ६ देखि १० कक्षा सम्मका किशोरीहरुलाई खोप यसै आर्थिक बर्ष भित्र उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यस योजनाले सिकल सेल र पाठेघरको क्यान्सरको रोकथामका लागि ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ । यससँगै, स्थानीय स्वास्थ्य सेवामा सुधार र नागरिकको जीवनस्तरमा वृद्धि हुने अपेक्षासमेत गरिएको छ ।
Discussion about this post