०८४ सम्मै काँग्रेस एमाले गठबन्धन सरकार रहन्छ : गृहमन्त्री लेखक

केशव थापा/कञ्चनपुर, ६ माघ । गृहमन्त्री रमेश लेखकले वर्तमान (काँग्रेस, एमाले गठबन्धनको सरकार आगामी ०८४को निर्वाचनसम्मै रहने बताउनुभएको छ । आइतबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले ०८४सम्मै यही गठबन्धन रहने बताएका हुन ।

काँग्रेस नेता समेत रहेका गृहमन्त्री लेखकले दुईपाटीविचमा भएको ७बुँदे सहमतीय अनुरुप सरकार चलिरहेको बताउँदै, सरकारमा कुनै बाधा, अवरोध, असन्तुष्टी नभएको दावि गरेका छन ।

‘सरकार अघि बढिरहेको छ, ७बुँदे सहमती दुवै पाटीले पालना गरेका छौँ, ‘पहिलो १८ महिना एमाले अध्यक्ष केपी शर्मा ओली जीले र दोस्रो कार्यकाल सरकार नेतृत्व काँग्रेस सभापति शेर बहादुर देउवा जीले गर्ने गरेर अघि बढेका छौँ ।’
अध्यायादेश जारी गरेपछि केही प्रकृयाका विषयमा प्रशन उठेपनि सरकारले चाडै संसद अधिवेशन बोलाउने बताए । गृहमन्त्री लेखकले विपिन जोशीको रिहाईका सरकारले आवश्यक पहल गरिरहेको बताउँदै आफुले पनि पहल गरेको बताए ।

नक्कली भुटानी शरणार्थी, गिरीबन्धु टि स्टेट सहितका सबै काण्डमा मानिसको मुख नहेरी तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढेको बताए । सहकारी काण्डमा सत्ताधारीका नेता कार्यकर्ताहरु बचाउने, विपक्षमा खोजिखोजी कार्बाही किन ?

भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले तथ्य र प्रमाणमा आधारमा जो सुकैमाथि अनुसन्धान अघि बढीरहेको दावि गरेका छन । गृहमन्त्री लेखकले
६ बर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मला काण्डकाण्डको अनुसन्धान अघि बढेको बताए ।

महाकाली चारलेन पुल त्रिदेशीय नाका बनाउनेमा जोडदिदै चारलेन पुल पहुँचमार्ग गड्डाचौकीमा आएको अवरोध बारे सम्बन्धी निकायको ध्यानाकर्षण गराएको बताए ।

यसैविच आइतबारै सरकारी अतिक्रमित जमिन फिर्ता ल्याउनुपर्ने माग अघि सारेर सघर्ष गर्दै आएका युवा विद्यार्थीले गृहमन्त्री लेखकलाई भेटेर भीमदत्त नगरविकास समितिको अतिक्रमण कहिले हटछ ? तपाई गृहमन्त्री भएपछि अतिक्रमित सरकारी जमिन खाली गराउने काम रोकिन किन ?

भन्ने प्रशसनमा गृहमन्त्री लेखकले यस्तो नभएको र अतिक्रमित सरकारी जमिन खाली गराउने विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित