पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार

कञ्चनपुर, ७माघ सुदूरपश्चिम प्रदेशका बरिष्ठ पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाले पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

सोमबार भीमदत्त नगरपालिकाको ४७ औँ स्थापना दिवसका अवसरमा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरिएको हो ।

तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी पत्रकारिताका गुरुकै रुपमा परिचित छन । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशको पत्रकारिता क्षेत्रमा उल्लेख्यनिय भूमिका निर्वाह गरेका पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको छ । रेडियो महाकाली, दैनिक मानसखण्ड र मानसखण्ड अनलाईनका प्रधान सम्पादक हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित