लाल बहादुर एस के/पुनर्वास, ६ माघ । पुनर्वास नगरपालिकामा “नसर्ने रोगहरूको अहिलेको अवस्था र बच्ने उपाय” विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चुरे मिडिया धनगढी कैलाली आयोजना तथा स्थानीय सरोकारवालाहरूको सहभागितामा भएको थियो ।
कार्यक्रमका पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले नसर्ने रोगहरूको चुनौती र त्यसबाट बच्नका लागि अपनाउनुपर्ने उपायबारे महत्वपूर्ण धारणा राखेका थिए । उनले हाल नसर्ने रोगका कारण मृत्यु हुने दर दिनप्रतिदिन बढ्दै गइरहेको उल्लेख गर्दै समयमै सचेत हुनु आवश्यक रहेको बताए ।
“दैनिक जीवनशैली, असन्तुलित आहार, शारीरिक व्यायामको कमी, तथा धूम्रपान र मद्यपानजस्ता कारणले नसर्ने रोगहरूको जोखिम बढ्दै गएको छ । यसलाई कम गर्न जनचेतनाको अभाव हटाउनुपर्ने आवश्यकता रहेको बताए ।,”
कार्यक्रममा सहभागीहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, तथा विद्यालयस्तरदेखि नै स्वास्थ्य शिक्षा प्रदान गर्ने विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको समापन गर्दै पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्मा कार्यक्रमका प्रमुख अथितिले समुदायको सक्रिय जनप्रतिनिधि,कर्मचारी,स्वास्थ्य चौकी शाखाबाट प्रतिनिधित्व गर्नु हुने र स्थानीय पत्रकारहरुको बिचमा कार्यक्रम भयोको थियो नसर्ने रोगहरूको न्यूनीकरण सम्भव नभएको बताउँदै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिबद्धता जनाए ।
नसर्ने रोगसम्बन्धी विशेषज्ञ डा. सुनिल पाण्डेले मानिसहरूमा देखिने रक्तचाप (प्रेसर) दुई प्रकारका हुने जानकारी दिएका छन्। उनका अनुसार उच्च रक्तचाप (हाइपरटेन्सन) र न्यून रक्तचाप (हाइपोटेन्सन) दुबै स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन।
न्यून रक्तचाप भएका व्यक्तिमा कमजोर प्रतिरोध क्षमता, थकान, र होस गुम्ने समस्या देखिन सक्छ । यसका लागि पर्याप्त पानी पिउने, पोषणयुक्त खाना खाने, र आवश्यकता अनुसार चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ ।
Discussion about this post