भीमदत्त ११ मा निःशुल्क तिन महिने बेसिक कम्प्युटर कोर्स सञ्चालन हुँदै

प्रकाश भट्ट/कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ ले वडा भित्रका विद्यार्थीहरूका लागि नि:शुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै वडामा नि:शुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सञ्चालन हुने जनाएको छ।

भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापाले अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक भएकाले विद्यार्थीहरूलाई प्रविधि सँग जोड्ने उद्देश्यले तिन महिने बेसिक कोर्स सञ्चालन गरिन बताउनुभएको छ।

उहाँले भन्नुभयो ‘अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक छ, त्यही भएर हामीले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्न नि:शुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सञ्चालन गर्न लागेका छौँ।’

गत वर्ष पनि भीमदत्त ११ ले वडामा नि:शुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सञ्चालन गरेको थियो। जसमा वडाभित्रका ५० जना विद्यार्थीहरू सहभागी भएका थिए। शैक्षिक गुणस्तर सुधार गर्न भीमदत्त ११ ले एसइई दिने विद्यार्थीहरूका लागि तिन महिने तयारी कक्षा समेत सञ्चालन गरिरहेको छ।

गत वर्ष पनि वडामा शैक्षिक गुणस्तर सुधार गर्न एसइई दिने विद्यार्थीहरूका लागि तिन महिने तयारी कक्षा सञ्चालन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित