डम्मरराज भट्ट/कञ्चनपुर, ९ माघ । १६ महिनादेखि हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरका नेपाली युवक आईतबार छुट्ने हल्ला थियो । आईतबार छुट्ने हल्ला पाएपछि विपिनको परिवारमा खुसियाली छायो, तर खुसियाली दुखमा परिणत भएको छ ।
६ माघमा छुट्ने भनिएपनि सोमबारसम्म नछ्टेपछि विपिन जोशीको परिवारमा सन्नटा निरासा छाएको छ । विभिन्न संचार माध्याममा प्यालेस्टाईनको हमास समुह र ईजरायलविच युद्धबिराम भएसंगै हमास समुहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन सहितका बन्दी छुट्ने विषय सार्वजनिक भएपनि विपिन नछुटेपछि उनको परिवार निरास भएको छ ।
बन्दी बनाएका ३४ जना मध्ये नेपाली विद्यार्थी १६औँ नम्बरमा भएपनि आईतबार नछुटेपछि जोशी परिवार थप निरास भएको छ । विपिन जोशीका बाबु महानन्द जोशीले छोरा छुट्ने आशले राती १२बजेसम्म विभिन्न संचार माध्यमका समाचार हेरेपनि नछुटेको बताए ।
‘हामीले विभिन्न टेलिभिजनका च्यानलमा समाचार हेर्दै गयौँ, तर ईजरायल सहित अरु देशका नागरिक छुटे विपिन छुटेनन्, ‘उनले भने, ‘छुट्ला भन्ने आशा थियो, नछुटेपछि हाम्रो आशा निरासामा बललियो, राती १२ बजेसम्म टेलिभिजन हेरे, कसैमा पनि समाचार देखिन, भोलीपल्ट पनि हेरे देखिन ।’ विपिनको रिहाई नभएपनि जोशी परिवारमा थप बेचैन बढेको छ ।
‘पहिलै लटमा छुट्ने आशा थियो, तर छुटेनन्, सरकारले पनि पहल गरेकै किन छुट्न लागेको छैन, त्यो हामीलाई थाहै भएनन, अब सरकारले सिधै ईजिष्ट र कतारसंग वार्ता गर्नुपर्ने देखियो, ‘विपिनका बाबु महानन्दले भने, ‘सरकारबाट पनि हामीलाई छुट्ने आश्वासन थियो, तर छुट्ने थप चिन्ता लागिरहेको छ ।’
गत बैशाख दोस्रो साता कतारका राजा अमिर शेख तमिनविन हमाल अल थानीको नेपाल भ्रमणमा क्रममा समेत अहिलेसम्म विपिन छुट्न नसकेको जिज्ञासाले समेत कतै सरकारी पहल मुख्य ठाँउमै नपुगेको जोशी परिवारको दुखेसो छ ।
‘१९असोज ०८०मा विपिनको कुरा आमा र दाजुसंग भयो तर मेरो सम्पर्क भएन, त्यहाँदेखि अहिलेसम्म विपिनकै यादले हामीलाई बेचैन भएको छ, ‘उनले भने, ‘एक सेकेन्डपनि छोरासंग कुरा गर्न पाए हुन्थ्यो ।’
यस अघि पनि मंसिरमा प्यालेस्टाईनको हमास समुह र ईजरायलविच युद्धबिराम भएपनि उतिबेलामा पनि छोरा नछुटेको र अहिले हुँदा पनि नछुटेपनि थप चिन्ता लागेको उनले बताए । छोटो अवधिको युद्धबिराम भए थप कतै नछुट्ने हो किन भन्ने हामीले डर रहेको उनले बताए ।
विपिन जोशीको घर परिवारले नेपाल सरकारले सिधै कतार र ईजिष्टसंग वार्ता गर्नुपर्ने माग अघि सारेका छन ।
विपिनको रिहाईका लागि जोशी परिवारले दुई प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल(प्रचण्ड), केपी शर्मा ओली, परराष्ट्रमन्त्रीत्रय डा. आरजु राणा(देउवा), एनपी साउद, नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीद्वय रमेश लेखक, रवि लामिछाने, राष्ट्रपति रामचन्द्र पौडेल, पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहितका मुख्य दलका नेता, सांसद सहितका सरकारी अधिकारीसंग निरन्तर भेटघाट गरेको बताए ।
सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विपिन सहितका विद्यार्थी लर्न एण्ड अर्न कार्यक्रम अन्र्तरगत ईजरायल गएका थिए । त्यहाँ २० असोज ०८०मा हमास समुहको आक्र्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु र विपिनलाई हमास समुहले नियन्त्रणमा लिएको थियो ।
Discussion about this post