कञ्चनपुर, माघ ९ । कञ्चनपुरमा पनि सशस्त्र प्रहरी बलले स्थापना दिवस मनाएको छ । बुधबार जिल्लाको मध्य भूगोलमा रहेको सशस्त्र प्रहरी जिल्ला हेडक्वाटर कार्यालयमा एक समारोहका बीच २४औं सशस्त्र प्रहरी दिवस मनाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुरले स्थापना दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित सशस्त्र प्रहरी दिवस मनाएको छ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) खगेन्द्र चन्दलेसशस्त्र प्रहरीले आगामी दिनमा पनि सक्रियतापूर्वक नागरिकहरूसँग सहकार्य गर्दै आफ्नो कामलाई कुशलतापूर्वक गर्ने बताए ।
उनले शैलेश्वरी गण देशमै उत्कृष्ट छैठौँ गणका रूपमा यस वर्ष रहेको जानकारी दिँदै यस क्षेत्रमा हुने शान्ति सुरक्षा सीमा सुरक्षा विपत तथा राहत लगायतका कार्यहरूमा आफ्नो कार्यालयले काम गर्ने बताउनुभयो।
उहाँले सशस्त्र प्रहरीका परिवारलाई प्रहरी अस्पतालमा २०५ उपचारमा सहुलियत दिने लगायतका विभिन्न कामहरूमा सेवा दिइरहेको पनि जानकारी दिनुभयो । गत एक वर्षमा कञ्चनपुर क्षेत्रमा ९ करोड १० लाख बराबरको भन्सार छली गरी ल्याइएको अवैध मालसमान जफत गरी भन्सार कार्यालय बुझाएको जानकारी गराउनुभयो । सिमाना क्षेत्रमा प्रहरी र दुई देश बीचका नागरिकहरूको सुमधुर सम्बन्ध रहेको गणपति चन्दले बताउनुभयो।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुख जिल्ला स्थित विभिन्न सरकारी तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा भएको वार्षिको उत्सव समारोहमा प्रमुख अतिथि बोहोराले सशस्त्र प्रहरीलाई शुभकामना दिनुभएको छ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ूतपाईँको सक्रियताले हामी हाम्रो घरमा र कामकाजमा सुरक्षित छौं ।
सशस्त्र प्रहरीले नागरिकको जीवनको सुरक्षा गरिरहेकोमा गर्व महसुस भएको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीमा रहेर कामको सिलसिलामा सहादत भएका अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले सशस्त्र प्रहरीले सीमा सुरक्षा विपत जस्ता जिम्मेवारीहरू कुशलतापूर्वक पुरा गरिरहेको कार्य निकै सराहनीय भएको चर्चा गर्नुभयो । उहाँले स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरीले आफ्नो बस्ने र खाने सुविधाहरूको अभावमा पनि देश र नागरिकप्रति इमान्दारीपूर्वक गरेको सेवा निकै गर्व गर्न लायक भएको बताउनुभयो।
वार्षिक उत्सव कार्यक्रमले नागरिक र प्रहरीहरूको सम्बन्ध अझ प्रगाड हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया राना, बेतकोट नगरपालिकाकी उपमेयर तुलसी जोशी, दोधरा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बु, बेलडाडी गाउँपालिकाकी उपाध्यक्ष शान्तिनाथ, भीमदत्र् नगरपालिकाकी उपप्रमुख निलम लेखक तथा प्रमुख पदम बोकटी र शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महरा र उपप्रमुख कल्पना जोशी लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण सापकोटा नेपाली सेना नम्बर २५ बाहिनीका प्रमुख सहायकरथी माधव पौडेल लगायत सशस्त्र प्रहरीका सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जनप्रतिनिधिहरूका तर्फबाट वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले सशस्त्र प्रहरीको स्थापना दिवसको शुभकामना दिनुभएको छ। उहाँले प्रहरीले नागरिकको जिउ धनको सुरक्षामा गरेको कार्य निकै सराहनीय भएको बताउनुभयो।
उहाँले आगामी दिनमा पनि सशस्त्र प्रहरीले गर्नुपर्ने कामहरूमा आवश्यक ठाउँमा स्थानीय तहको सहकार्य हुने बताउनुभयो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित भएको वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट प्रहरी, विभिन्न खेलविधामा प्रथम खेलाडीहरू र अमर प्रहरीहरूका घरपरिवारहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
तत्कालीन अवस्थामा नेपाली सेना र नेपाल प्रहरीबाट ०५७ साल माघ ९ गते सशस्त्र प्रहरी बलको स्थापना गरिएको हो। २३ वर्ष पुरा गरी २४ औं वर्षमा पुगेको सशस्त्र प्रहरीले यसैगरी हरेक वर्ष देशैभरि विभिन्न कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
स्थानीयले सशस्त्र प्रहरीले सीमा सुरक्षादेखि चोरी तस्करी नियन्त्रणका लागि खेल्दै आएको भूमिका निर्वाहमा जोडदिएका छन ।
Discussion about this post