हिम्मतपुर बिओपीका इन्चार्ज ईन्सपेक्टर विष्टलाई पुरस्कार

कञ्चनपुर, माघ ९ सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेशमा कार्यरत एक सशस्त्र प्रहरी अधिकृत पुरस्कृत भएका छन । कैलालीको हिम्मतपुर बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक त्रिभुवन विष्ट पुरस्कृत भएका हुन ।

सशस्त्र प्रहरी बल नेपाल ७नम्बर बाहनीले सशस्त्र प्रहरी निरीक्षक(ईन्सपेक्टर) विष्टलाई पुरस्कृत गरेको छ । सुप प्रदेशभरीका बिओपी मध्ये भजनी नगरपालिका ७ स्थित हिम्मतपुरका इन्चार्ज विष्टलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपक अधिकारीले ईन्सपेक्टर विष्टलाई प्रसंसा पत्रका साथै अवार्ड प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बाहिनी कार्यालयले प्रदेशभरीका बिओपी सहित इन्चार्जको मुल्याङकन गरेर पुस्कार प्रदान गरेपछि आगामी दिनमा थप कार्य क्षेत्रमा उर्जा थपेको प्रहरी निरिक्षक त्रिभुवन विष्टको भनाईछ । यस अघि पनि विष्ट कञ्चनपुरका विभिन्न बिओपी सहितका युनियनमा काम गर्दा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत एव नागरिक स्तरबाट समेत प्रसंसा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित