बेलडाँडी एकता स्तम्भ निर्माण हुदैः गोकर्ण जोशीको नेतृत्वमा एक ऐतिहासिक कदम

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको प्रवेशद्वारमा नयाँ ऐतिहासिक स्तम्भ निर्माण कार्य प्रारम्भ भएको छ । समाजसेवी गोकर्ण जोशीको पहलमा बेलडाँडी एकता स्तम्भ निर्माण भइरहेको हो, जुन स्थानीय कला, संस्कृति, जातीय पहिचान र ऐतिहासिक योगदानको प्रतीक बन्नेछ । यस कार्यको मुख्य उद्देश्य केवल संरचनात्मक निर्माण मात्र होइन, बेलडाँडीको इतिहास र समुदायको गौरवमय पहिचानलाई जीवित राख्नु पनि हो ।

जोशीको नेतृत्वमा यो परियोजना बेलडाँडी पर्यटन प्रवर्धन समितिको आयोजनामा सम्पन्न हुँदैछ, र यसमा स्थानीय व्यापारी, उद्योगी, युवा समाजसेवी र विदेशमा कार्यरत युवाहरूको सहयोगले ठूलो भूमिका खेलेको छ । जोशीले यस परियोजनामा स्थानीय समुदायको सक्रिय सहभागिता र सहकार्यको महत्त्वलाई जोड दिएका छन्, जसले यो परियोजनालाई थप सफलता र स्थायीत्व दिने विश्वास व्यक्त गरेका छन् ।

युवा समाजसेवी जोशी बेलडाँडीका विभिन्न सामाजिक र शैक्षिक कार्यहरूमा पहल गर्दै आएका छन्, यस पटक पनि समुदायको हितमा एउटा नयाँ पहल गरेका हुन् । उनले यस भन्दा पहिला विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण, वृक्षारोपण अभियान, बेलडाँडीको सफाई अभियान र अन्य सामाजिक कार्यहरूको आयोजना गरेका गर्दै आएका थिए । उनका यी कार्यहरूले बेलडाँडीको समग्र वातावरण र समाजमा सकारात्मक परिवर्तन ल्याएको छ ।

बेलडाँडी एकता स्तम्भ निर्माणको विशेषता भनेको यसमा स्थानीय संस्कृति र कला झल्काउने कलात्मक चित्रहरूको समावेश हुनेछ । यस स्तम्भको एक भागमा खेलकूदमा योगदान पुर्याउने स्थानीय खेलाडीहरूको तस्बिर पनि समावेश तयारी थालेका छन् । यसले खेलकूद र सांस्कृतिक गतिविधिहरूको महत्त्वलाई सम्मान गर्ने उद्देश्य राख्दछ । जोशीले भने, “हामी यस स्तम्भको निर्माणमा हाम्रो कला, संस्कृति र इतिहासलाई सम्मान दिनेछौं, जसले हाम्रो समुदायको एकता र गौरवलाई प्रवर्धन गर्नेछ ।“

यो स्तम्भ केवल एक संरचना मात्र हुनेछैन, बरु यसले बेलडाँडीका सबै मानिसहरूको योगदानलाई सम्मान दिने प्रतीकका रूपमा काम गर्नेछ । बेलडाँडीलाई मात्र नभई, सम्पूर्ण गाउँको एकता र ऐतिहासिक गौरवको चिन्ह बन्नेछ । जोशीले यस परियोजनामा सबैलाई सहभागी हुन आह्वान गर्दै भने, “हामीले यस्ता कार्यहरू केवल समुदायको हितको लागि मात्र होइन, हाम्रो भविष्यको लागि पनि गर्नुपर्छ । यसले आगामी पुस्तालाई एकता र सामूहिक जिम्मेवारीको महत्व सिकाउनेछ ।“

बेलडाँडी एकता स्तम्भ निर्माणको क्रममा जोशी र उनको टीमले स्थानीय नागरिक र समुदायलाई सुझाव र समर्थनको लागि पनि आह्वान गरेका छन् । यस परियोजनाले केवल पर्यटनको प्रवद्धन गर्न मात्र होईन, यसले सामाजिक र सांस्कृतिक हिसाबले पनि बेलडाँडीलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

गोकर्ण जोशीको यो पहल भनेको एक प्रेरणादायक उदाहरण हो, जसले हामीलाई समुदायको विकास र समृद्धिका लागि मिलेर काम गर्ने महत्वलाई पुनः सम्झाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित