सार्वजनिक सवारी चालक महिलालाई सम्मान

डिएस धामी/महेन्द्रनगर १० माघ । कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा सार्वजनिक सवारी चालक महिलालाई सम्मान गरीएको छ ।

बिहीबार नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिम प्रदेशकी एक मात्र महिला सार्वजनिक सवारी चालक सुश्री रबिना चन्दलाई एक कार्यक्रमको बिच सम्मान गरेको हो ।

बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १९ की चन्दले आफ्नो बुबा डबल बहादुर चन्दको जिप बैतडीबाट धनगढी महेन्द्रनगरको रुटमा चलाउने गरेको बताएकी छन भने यातायातको साधन घरमा हुदा ड्राईबर पाउन समस्या हुने र पाए पनि आउदै छोड्दै गर्ने समस्याले आफुले गाडी चलाउन सिकेर यस क्षेत्रमा आएको
बताईन ।

यसै क्रममा चन्दले आगामी दिनमा आफ्नो उक्त कदमले अरु महिलाहरुको लागि पनि प्रेणाको श्रोत बन्ने र उनिहरुको आत्मनिर्भताको बाटो खुल्ने पनि बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित