कञ्चनपुरको कृष्णपुर निवासी स्थानीय कलाकार प्रेम एसकेले आफ्नो जन्मदिनको अवसरमा महेन्द्रनगरस्थित वृद्धवृद्धा आश्रममा फलफूल वितरण गरी जन्मोत्सव मनाएका छन्। आज दिउँसो १ बजे सम्पन्न उक्त कार्यक्रममा उनले आश्रमका वृद्धवृद्धाहरूसँग समय बिताउँदै सहयोगस्वरूप फलफूल प्रदान गरेका थिए।
कार्यक्रमको क्रममा कलाकार एसकेले आफ्नो जन्मदिनलाई समाजसेवामा योगदान दिने माध्यमका रूपमा प्रयोग गर्न पाउँदा आफूलाई गर्व लागेको बताए। “यो सानो प्रयासले आश्रममा रहेका वृद्धवृद्धाहरूलाई केही राहत पुर्याउन सकेको छु भन्ने लाग्छ। यसले समाजमा सद्भाव, सेवा र सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुर्याउँछ,” उनले भने।
स्थानीयस्तरमै विविध कलामार्फत पहिचान बनाएका एसकेले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
समाजमा सेवा भाव र मानवीयता प्रवर्द्धन गर्ने यो कार्यले धेरैलाई प्रेरणा मिल्ने विश्वास लिइएको छन
Discussion about this post