दार्चुला । जिल्लाको महाकाली नगरपालिका–५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा जेसीबी पुरिएको छ ।आज शुक्रवार बिहान ५ बजे सुख्खा पहिरो खसेको हो ।
पहिरोले डोजर (जेसीबी) पुरिएको र चालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएका चालकको अहिले सुरक्षाकर्मीले उद्दार गरिरहेका छन् ।
जेसीबी महाकाली नदी किनारसम्म पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post