अखिल क्रान्तिकारी सचिवालय सदस्यका उम्मेदवार विद्यार्थी नेता प्रेम रावलका यि हुन एजेण्डा

शुनिल राना/कञ्चनपुर, माघ १२ । कञ्चनपुरका विद्यार्थी नेता प्रेम रावल अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा छन ।

अखिल क्रान्तिकारी निर्वतमान केन्द्रीय सदस्य रावल अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा हुन ।
विद्यार्थी नेता रावलले केन्द्रीय सचिवालय सदस्यमा उम्मेदवारी दिएसंगै उनी मतदातासंग मत मागिरहेका छन ।

१२माघमा हुने अखिल क्रान्तिकारी २३औँ राष्ट्रिय सम्मेलनबाट रावल केन्द्रीय सचिवालय सदस्यमा होमिएका छन । झण्डै दशकदेखि अखिल क्रान्तिकारी विद्यार्थी राजनीतिमा होमिएका रावलले शैक्षिक विकृतीदेखि विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

रावलले ६बुदे एजेण्डा अघि सारेर चुनावी मैदानमा होमिएका छन । गरिब, उत्पिडित, भौगोलिक रुपमा विछडीएका विद्यार्थीको आवाज राष्ट्रियकरण गर्ने, शिक्षलाई श्रम सहित उत्पादनशील क्षेत्रमा लगाउने, उद्यम, स्वरोजगार बनाउने, संविधानमा ग्यारेन्टी गरिएको शिक्षाको मौलिक हक अनुरुप अघि बढने, अखिल क्रान्तिकारीको गरिमा बढाउँदै आम विद्यार्थीको हकहितका क्षेत्रमा निरन्तर संघर्ष गरिरहने घोषणा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित