बेलडाँडी गाउँपालिका–२ को प्रशासकीय भवन शिलान्यास

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. २ को प्रशासकीय भवनको शिलान्यास आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । भवनको शिलान्यास गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले गर्नुभएको हो । कार्यक्रममा वडा अध्यक्ष नारद सिंह उर्यालसहित विभिन्न स्थानीय जनप्रतिनिधि र सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुख रानाले आफ्नै भवनमार्फत नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ भवन निर्माण कार्य अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार वडा नं.१, ३ र ५ को भवन निर्माण प्रक्रिया समेत अघि बढाइएको छ । हाल केही वडाहरूले भाडाको भवनबाट सेवा दिइरहेको अवस्थामा छिट्टै सबै वडाको आफ्नै भवन हुने उहाँले जानकारी दिनुभयो । यसअघि वडा नं. ४ को भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उहाँले बताउनु भयो ।

वडा अध्यक्ष नारद सिंह उर्यालले वडाबासीको आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै भवनमार्फत सेवा प्रदान गर्नका लागि ठोस काम सुरु गरिएको जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा बेलौरीको गणेश निर्माण सेवाले पाएको छ । ६४ लाख रुपैयाँ लागतमा निर्माण गरिन लागेको यो भवन चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन चवन्नी बजारको पछाडिको क्षेत्रमा निर्माण गरिन लागेको छ । ठेकेदार दिलिप चन्दले भवन निर्माण आचारसंहिताको पूर्ण पालना गर्दै गुणस्तरीय र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रशासकीय भवन निर्माणको खबरले वडाबासीमा उत्साह छाएको छ । आफ्नै भवनबाट छिटो, सरल र सहज सेवा पाउने आशाले स्थानीय बासिन्दा खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित