जनसेना खानेपानी आयोजनाको प्रथम साधारणसभा सफलतापूर्वक सम्पन्न

लाल बहादुर एसके, ११ माघ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं ४ मा निर्माणाधीन जनसेवा खानेपानी आयोजनाको प्रथम साधारणसभा २०८१ माघ ११ गते सफलतापूर्वक सम्पन्न भएको छ।

सभापति यमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि मनोज सापकोटा (जैसी) ले विशेष सम्बोधन गर्नुभएको थियो।

आयोजनाका अध्यक्षले १ वर्षभित्र प्रत्येक घरधुरीमा शुद्ध खानेपानी पुर्‍याउने प्रतिबद्धता जनाउँदै यस अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

अध्यक्षले आयोजनाले गुणस्तरीय र सुलभ पानी वितरण गर्ने लक्ष्य लिएको जानकारी गराउँदै यस कार्यका लागि आवश्यक पारदर्शिता र प्राविधिक मापदण्डलाई प्राथमिकतामा राखिने बताए।

सभामा सहभागी स्थानीय बासिन्दाले पनि आयोजना सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए। उनीहरूले शुद्ध खानेपानी उपलब्धताले जनस्वास्थ्यमा सुधार आउने विश्वास व्यक्त गरे।

हाल देशभर पानीको अभाव र शुद्ध खानेपानीको समस्याले चुनौती खडा गरेको सन्दर्भमा यस्तो योजना प्रभावकारी हुने अपेक्षा गरिएको छ।

पानी अभावकै कारण जनस्वास्थ्य जोखिममा पर्ने भएकाले समयमा नै योजना सम्पन्न गर्न सबै पक्षले पहल गर्नुपर्नेमा स्थानीयले जोड दिए।

आयोजनाले नियमित अनुगमन, पारदर्शी बजेट व्यवस्थापन, र समयमै प्राविधिक मापदण्डअनुसार काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो परियोजनाले बडाबासीलाई स्वच्छ र सुलभ पानी उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित