बेलडाँडी, १७ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बेलडाँडी गाउपालिका वडा नं. १ को अध्यक्षमा लोकेन्द्र शाह पुनः सर्वसम्मत चयन भएका छन् । पार्टीका नेता कमल मल्लका अनुसार, वडा भेलाले शाहलाई पुनः अध्यक्षको रूपमा चयन गरेको बताए । यसै गरी शाहकै नेतृत्वमा नयाँ २१ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ ।
शाहको चयनसँगै पार्टीको संगठन विस्तार र सशक्तिकरणको कार्यलाई तीव्रता दिन थालिएको छ । नेता कमल मल्लले यस अवसरमा भने, “हामी पार्टीको हितमा काम गर्दै संगठनलाई पुनः विस्तार गर्दै जानेछौं । राप्रपा नयाँ जोश र उत्साहका साथ संगठन विस्तारमा जुटेको छ ।“ उनले थपे, “अन्य दलका गतिविधिहरूले जनतालाई थकित र दिक्क बनाएको छ, त्यसैले देशमा नयाँ शक्ति र विकल्पको आवश्यकता देखिनु स्वाभाविक हो । राप्रपालाई यस नयाँ युगमा बलियो बनाउनु पर्दछ।“
पार्टीका पालिका अध्यक्ष प्रेम सिंह साउद लगायतका नेताहरुको उपस्थितिमा वडा भेला तथा अधिवेशन चलिरहेको छ ।, यस कार्यक्रममा शाहले पार्टीको भविष्य र आगामी कार्ययोजना बारे मन्तव्य व्यक्त गर्दै, “हामी सबैको एकजुट प्रयासले राप्रपा स्थानीय तहदेखि लिएर राष्ट्रिय तहमा पनि बलियो बनाउने छौं ।“
शाहको नेतृत्वमा, पार्टीले स्थानीय तहमा आफ्नो गतिविधि र प्रभावलाई अझ बढाउने र जनताको चासो र आवश्यकताका आधारमा सशक्त कार्ययोजना ल्याउने लक्ष्य राखेको छ । यस कार्यक्रममा, स्थानीय नेताहरूले पार्टीलाई मजबुत बनाउने र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
Discussion about this post