डडेल्धुराबाट सभापति देउवाको प्रतिनिधिसभा उम्मेदवारी सर्वसम्मत एकल सिफारिस

 काठमाडौं : नेपाली कांग्रेस डडेल्धुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मत एकल सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले देउवालाई प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।

देउवा २०४८ सालदेखि डडेल्धुरा क्षेत्रबाट लगातार प्रतिनिधिसभा चुनाव जित्दै आएका छन्। उनले केही दिनअघि ‘अन्तिम पटक’ चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित