काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेकी छन्। नयाँ मन्त्रीहरूले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने भएका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठको नाम सिफारिस गरिएको छ।
नवनियुक्त मन्त्रीमध्ये भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन् भने श्रद्धा श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन्।























Discussion about this post