एमाले ११औँ महाधिवेशनः सांसद तारालामा तामाङ केन्द्रीय सदस्यको आकांक्षी

कञ्चनपुर : नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत निर्वाचन आयोगले हिजो साँझ मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगले आज बिहान ९ बजेसम्म दाबी–विरोधको समय तोकेको थियो।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार, आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि मतदान सम्पन्न गर्ने तयारी भइरहेको छ।

यसैबीच, नेकपा एमालेका नेता तथा कञ्चनपुर क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य तारालामा तामाङ पनि केन्द्रीय सदस्य पदका आकांक्षी बनेको जानकारी प्राप्त भएको छ। उनका निकट स्रोतका अनुसार तामाङ केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

एमाले कञ्चनपुरको ‘खम्बा’का रूपमा चिनिने तामाङले पार्टीभित्र नेता तथा कार्यकर्ताको व्यापक समर्थन र अनुमोदनसहित केन्द्रीय नेतृत्वमा पुग्ने इच्छा राखेको निकट स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित