भदौ २३–२४ को घटनाबारे जाँचबुझ आयोगले माग्यो एक महिना म्याद थप

काठमाडौँ : गत भदौ २३ र २४ गते घटेको घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले आफ्नो कार्यकाल एक महिना थप गर्न सरकारसँग आग्रह गरेको छ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आयोगका पदाधिकारीहरूले जाँचबुझको काम अझै नसकिएको जनाउँदै म्याद थपको माग गरेका हुन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ५ गते गठन भएको जाँचबुझ आयोगको म्याद सकिन लाग्दा पनि बयान संकलनको प्रक्रिया जारी रहेकाले थप समय आवश्यक भएको आयोगले जनाएको छ।

आयोगका अध्यक्ष कार्कीले आवश्यक बयानहरू लिन बाँकी रहेकाले आयोगलाई काम सम्पन्न गर्न केही समय अपुग भएको भन्दै प्रधानमन्त्रीसमक्ष एक महिना म्याद थपको औपचारिक आग्रह गरिएको जानकारी दिए।

जवाफमा प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने आश्वासन दिएको अध्यक्ष कार्कीले बताए। साथै, उनले अर्को साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको जानकारी दिए।

जाँचबुझ आयोगले जेन–जी घटनासँग सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनका उच्च अधिकारीहरूको बयान यसअघि नै लिइसकेको छ।

तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको थियो। आयोगको हालको म्याद यही पुस ९ गते सकिँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित