काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा गठित सरकारी टोलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयहरूको स्थलगत अनुगमन सुरु गरेको छ ।
अनुगमनको क्रममा मंगलबार सरकारी टोलीले काठमाडौँको पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयको निरीक्षण गरेको छ । त्यसपछि टोलीले च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको समेत स्थलगत अनुगमन गरेको हो ।
आन्दोलनका बेला पार्टी कार्यालयहरूमा भएको भौतिक क्षति, संरचनागत अवस्था तथा आवश्यक मर्मत–सम्भारको विवरण संकलन गर्न अनुगमन गरिएको बताइएको छ । अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा आवश्यक सहयोगका विषयमा सरकार थप निर्णयमा पुग्ने जनाइएको छ ।























Discussion about this post