कांग्रेसको निर्णयः समानुपातिकबाट सांसद बनेकालाई पुनः उम्मेदवार नबनाइने

 काठमाडौं :नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकाहरूलाई पुनः उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

समानुपातिकतर्फको बन्दसूचीमा राखिने उम्मेदवारहरूको नाम छनोटका लागि बसिरहेको कांग्रेस कार्यसम्पादन समितिको बैठक ले उक्त निर्णय गरेको हो ।

समानुपातिक निर्वाचन प्रणाली लागू भएयता २०६४, २०७०, २०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका व्यक्तिहरूलाई अब कांग्रेसको समानुपातिक सूचीमा नराखिने कार्यसम्पादन समितिले निर्णय गरेको जनाइएको छ ।

कार्यसम्पादन समितिका एक सदस्यका अनुसार,
‘यसअघिका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा वा प्रदेशसभामा समानुपातिकमार्फत सांसद बनेकाहरूलाई यसपटक सूचीमा समावेश गरिँदैन । अहिलेसम्म अवसर नपाएका नयाँ अनुहारहरूलाई समानुपातिक सूचीमा प्राथमिकता दिइनेछ ।’

कांग्रेसको कार्यसम्पादन समितिको बैठक हाल पनि जारी रहेको छ । बैठकले समानुपातिकतर्फ बन्दसूचीमा समावेश हुने उम्मेदवारहरूको अन्तिम नामावली चयन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित