आरक्ष पीडितको दुःख देखाएर भोट माग्ने खेल बन्द हुनुपर्छ : रास्वपाका नेता रमेश पर्साई

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेता रमेश पर्साईले कञ्चनपुरको गुलरियामा पुगेर आरक्ष पीडितका समस्या जानाजानी समाधान नगरिएको गम्भीर आरोप लगाएका छन्। उनले २०५८ सालदेखि नै पटक-पटक सरकार र नेतृत्वमा पुगेका नेताहरूले आरक्ष पीडितका वास्तविक समस्या बेवास्ता गर्दै आएको बताए।

पर्साईका अनुसार, “यदि समस्या समाधान भयो भने फेरि भोट माग्न जाँदा नेताहरूले के बहाना बनाउने ?” भन्ने सोचकै कारण आरक्ष पीडितका मुद्दा वर्षौंदेखि अल्झाइँदै आएको छ। पीडितको दुःख देखाएर भोट माग्ने र चुनाव जितेपछि बेवास्ता गर्ने पुरानै राजनीतिक खेल अझै पनि चलिरहेको उनले आरोप लगाए।

उनले स्पष्ट शब्दमा भने, “यो समस्या देखाउने, आँसु बगाउने र भोट माग्ने खेल केही सीमित नेताहरू, विशेषतः एनपी साउदहरूले वर्षौंदेखि खेल्दै आएका छन्। अब यो खेल बन्द हुनुपर्छ।”

पर्साईले आरक्ष पीडितका समस्या समाधानका लागि नयाँ सोच, इमानदार नेतृत्व र स्पष्ट कार्यदिशा आवश्यक रहेको उल्लेख गर्दै त्यसको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी मात्र भएको दाबी गरे। उनले परिवर्तन चाहने जनतालाई पुरानै अनुहार होइन, नयाँ राजनीति बोकेको रास्वपालाई जिताउन आग्रह गरे।

“आरक्ष पीडितका मुद्दा चुनावी नारा होइन, समाधानको विषय हुनुपर्छ,” भन्दै पर्साईले गुलरियाबाटै सुशासन र जवाफदेही राजनीतिको पक्षमा दृढ प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित