काठमाडौं : उज्यालो नेपाल पार्टी (उनेपा) ले कुलमान घिसिङलाई पार्टीको अध्यक्षमा नियुक्त गरेको छ । पार्टी प्रवक्ता डा. राजु थापाले अध्यक्ष नियुक्तिको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल (रास्वपा नेपाल) सँगको एकता भाँडिएपछि उनेपाले नयाँ नेतृत्व चयन गर्दै कुलमान घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अनुप उपाध्याय अध्यक्षका रूपमा दर्ता भएका थिए ।
नयाँ नेतृत्वबारे छलफल र निर्णयलाई औपचारिकता दिन उनेपाले आज दिउँसो ४ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठकपछि अध्यक्ष नियुक्तिसम्बन्धी औपचारिक घोषणा हुने बताइएको छ ।
नव नियुक्त अध्यक्ष कुलमान घिसिङले आज नै पत्रकार सम्मेलन गरी पार्टीको भावी दिशा, नीति तथा कार्यक्रमबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रवक्ता थापाले जानकारी दिएका छन् ।























Discussion about this post