काठमाडौँ : निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले थापालाई नेपाली कांग्रेसको सभापतिको मान्यता दिएको हो ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयका आधारमा थापाले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा आवश्यक कागजात बुझाएका थिए । आयोगले पेश गरिएका सबै कागजात अध्ययन तथा परीक्षण गरेपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएको जनाएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न भएको थियो । आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा अब गगन थापा नेतृत्वको पार्टीको रूपमा कायम भएको छ ।
यसअघि शेरबहादुर देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा कागजात पेश गरेको थियो । तर आयोगले बहुमत, महाधिवेशनको प्रक्रिया र कागजातका आधारमा थापा नेतृत्वलाई मान्यता दिएको हो ।



















Discussion about this post