कञ्चनपुरमा एमालेले टुंग्यायो उम्मेदवार, तीनै क्षेत्रमा नाम सार्वजनिक

कञ्चनपुर । नेकपा (एमाले) ले कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले क्षेत्र नं. १, २ र ३ का उम्मेदवारहरूको नाम अन्तिम गरेको हो।

निर्णयअनुसार क्षेत्र नं. १ बाट एमालेकी युवा नेता तथा केन्द्रीय सदस्य कमला बोहरा, क्षेत्र नं. २ बाट बचन बहादुर सिंह र क्षेत्र नं. ३ बाट डा. दीपक प्रकाश भट्ट उम्मेदवार चयन भएका छन्।

उम्मेदवार छनोटको निर्णय पार्टी सचिवालय बैठकबाट गरिएको जानकारी एमाले उपमहासचिव लेखराज भट्ट ले दिएका छन्। पार्टीको संगठनात्मक सन्तुलन, स्थानीय लोकप्रियता र राजनीतिक अनुभवलाई आधार मानेर उम्मेदवार तय गरिएको उनले बताए।

एमालेले उम्मेदवार टुंगो लगाएसँगै कञ्चनपुरमा चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ। पार्टीले जनताको पक्षमा काम गर्ने सक्षम र अनुभवी नेतृत्व अघि सारेको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित