काठमाडौं । भ्रष्टाचार र कुशासनका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका चर्चित युवा समाजसेवी तथा अभियानकर्ता हेमराज थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। नयाँ शक्ति केन्द्रित हुने क्रममा थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा बाजुरा जिल्लाबाट उम्मेदवारी दिने उद्देश्यसहित रास्वपामा प्रवेश गरेका हुन्।
लामो समयदेखि देशलाई सही दिशामा डोर्याउनुपर्ने मागसहित सडकस्तरबाट खबरदारी गर्दै आएका थापालाई स्पष्ट विचार, निर्भीक अभिव्यक्ति र समाजप्रतिको प्रतिबद्धताका कारण युवामाझ लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छ। उनको रास्वपा प्रवेशसँगै पार्टीमा थप ऊर्जा र उत्साह थपिएको देखिएको छ।
रास्वपाले पछिल्लो समय विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्व र परिवर्तन चाहने युवाहरूलाई आकर्षित गर्दै आएको छ। यसअघि पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसकेका छन्।
दिनप्रतिदिन उच्च विचार, राष्ट्र निर्माणको इच्छाशक्ति र पुरानो राजनीतिक संस्कृतिबाट असन्तुष्ट व्यक्तिहरूको केन्द्र बन्दै गएको रास्वपा परिवर्तनको वैकल्पिक शक्तिका रूपमा स्थापित हुँदै गएको आम बुझाइ छ। हेमराज थापाजस्ता युवा समाजसेवीको आगमनले पार्टीको जनआकर्षण अझ सुदृढ हुने विश्वास गरिएको छ।
























Discussion about this post