बालेनले मेयर पदबाट राजीनामा नदिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर पदबाट तत्काल राजीनामा नदिने भएका छन्।

शाहका सल्लाहकारका अनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी भइरहे पनि उनले हाललाई मेयर पदबाट राजीनामा नदिने निर्णय गरेका हुन्। यसअघि उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाउने तयारी गरेका थिए।

प्रचलित कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि स्थानीय तहको पद स्वतः निष्क्रिय हुने व्यवस्था छ। सोही कारण उम्मेदवारी दर्तासँगै मेयर पद स्वतः निलम्बनमा पर्ने प्रावधान रहँदै आएको छ।

तर नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजनका कारण निर्वाचन तालिका प्रभावित हुन सक्ने राजनीतिक अन्योलका बीच हाललाई राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ।

झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका बालेनले यसअघि मनोनयन दर्ता हुनुअघि नै राजीनामा दिने योजना बनाएका थिए। निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित