प्रधानमन्त्री कार्की र निर्वाचन आयोगबीच आचारसंहिता कार्यान्वयनबारे छलफल

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आइतबार बालुवाटारमा आयोजित छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार छलफलमा आचारसंहिता पालना गराउने संयन्त्र, सरकार र निर्वाचन आयोगबीचको समन्वय तथा कार्यान्वयनका चुनौतीहरूबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित