कञ्चनपुर-१ मा काँग्रेसका गोपी उपाध्यायः “जनताको नौकर बनेर इमान्दारीका साथ काम गर्छु”

कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा नेपाली काँग्रेसका गोपी प्रसाद उपाध्यायले उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै आफू यस क्षेत्रका जनताको नौकर का रूपमा सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले कञ्चनपुर-१ का जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पार्दै सस्तो लोकप्रियताका लागि कुनै कार्य नगर्ने बताउनुभयो। “नेपाली काँग्रेसले जे भन्छ, त्यही गर्छ,” भन्दै उहाँले पार्टीका विगतका कामको समीक्षा गर्दै अब काँग्रेस नयाँ शैली र सोचका साथ अघि बढेको उल्लेख गर्नुभयो।

उपाध्यायले जेन–जी आन्दोलनले नयाँ पुस्ताको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै पार्टीले आफूलाई विश्वासका साथ उम्मेदवार बनाएको बताउनुभयो। “जनताले रुख चिन्हमा मत दिएर विजयी गराउनुहुनेछ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो।

गरिब, असहाय र पीडित वर्गको पक्षमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सिंगो नेपाली काँग्रेस पार्टी आफ्नो साथमा रहेको दाबी गर्नुभयो। जेन-जी पुस्ताले आफूलाई चाहेकै कारण उम्मेदवारी दिएको उल्लेख गर्दै पार्टीभित्र कुनै प्रकारको विभेद नरहेको स्पष्ट पार्नुभयो।

मिडियामा फैलाइएका भ्रमप्रति ध्यानाकर्षण गराउँदै उपाध्यायले अब कोही पनि भ्रममा नपर्न आग्रह गर्नुभयो। “मसँग सिंगो काँग्रेस छ,” भन्दै उहाँले कञ्चनपुर-१ मा काँग्रेस एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिनुभयो।

नेपाली काँग्रेसले जनताको भरोसा, नयाँ सोच र इमानदार नेतृत्वका साथ कञ्चनपुर–१ मा मजबुत उपस्थिति जनाउने संकेत यस उम्मेदवारीले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित