माइती गाउँको माया लिएर संसदतर्फ बिना मगर

बेलौरी । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिस्ट पार्टी (चुनाव चिन्ह तारा) को तर्फबाट बिना मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मगरले औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले जनताको हकहित, सामाजिक न्याय र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

“कञ्चनपुर-१ को समृद्धि र विकासका लागि यहाँका जनताले मलाई चाहेका छन्,” भन्दै उहाँले आफू यस क्षेत्रप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। माइती गाउँ विसकाप्रति विशेष माया र जिम्मेवारी रहेको बताउँदै उहाँले जनताको सुख-दुःखमा सधैँ साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

“म तपाईंहरूकै छोरी-बहिनी हुँ, मलाई मत दिएर जिताउनुहोस्,” भन्दै मगरले मतदातासँग भावनात्मक अपिल गर्नुभयो। उहाँले महिला, युवा, किसान, मजदुर तथा पछाडि परेका समुदायको आवाज संसदमा बुलन्द बनाउने दृढ संकल्प व्यक्त गर्नुभयो।

बिना मगरको उम्मेदवारीसँगै कञ्चनपुर क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धा थप रोचक र तातिएको छ। चुनावी सरगर्मी बढेसँगै मतदातामा पनि उत्साह देखिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित