जनक धामीको पक्षमा मत माग्न आज बालेन बेलाैरीमा आउदै ‘परिवर्तनको घण्टी’ बज्ने

बेलौरी, कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा परिवर्तनका प्रतीकका रूपमा परिचित बालेन्द्र शाह (बालेन) आज दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुर क्षेत्र नं १ को क्षेत्रीय पार्टी कार्यालय, बेलौरी बजारमा आउने कार्यक्रम रहेको छ।

बालेनको उपस्थितिमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका इमानदार, कर्मठ र जनप्रिय उम्मेदवार जनक सिंह धामीलाई मतदान गरी देशमा फैलिएको अराजकता, अन्याय र पुरानो राजनीतिक संस्कारको अन्त्यका लागि मतदातालाई अपिल गरिने पार्टीले जनाएको छ।

काठमाडौं महानगरपालिकाको मेयरका रूपमा बालेनले देखाएको दृढ नेतृत्व, भ्रष्टाचारविरुद्धको साहसिक कदम, सुशासन र विकासप्रतिको स्पष्ट दृष्टिकोण ले देशभरका नागरिकमा आशा जगाएको छ। यही कारण बालेन पुगेका हरेक स्थानमा मतदाताहरूको उल्लेखनीय उपस्थिति र भव्य स्वागत देखिँदै आएको छ।

बेलौरी बजारमा पनि बालेनको आगमनलाई लिएर मतदाता तथा युवाहरूमा विशेष उत्साह देखिएको छ। स्थानीयहरू बालेनको कामको खुलेर प्रशंसा गर्दै अब देशको नेतृत्व नयाँ सोच, नयाँ अनुहार र इमानदार राजनीतिक शक्तिलाई दिनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

कार्यक्रममार्फत बालेनले पुरानो राजनीतिक अभ्यासलाई चुनौती दिँदै नयाँ राजनीतिक संस्कार स्थापनाका लागि जनक सिंह धामी जस्ता इमानदार उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता माथि स्पष्ट धारणा राख्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित