बेलौरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर क्षेत्र नं. १ का उम्मेदवार जनक सिंह धामीसँग चुनावी विषयमा संक्षिप्त छलफल गर्न रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) क्षेत्र नं. १ पुग्नुभएको छ।
चुनावी भेटघाटका क्रममा शाहले देशभर रास्वपाप्रति जनसमर्थन तीव्र रूपमा बढिरहेको दाबी गर्दै यसपटकको निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। पुरानो राजनीतिक शैली, गुटबन्दी र स्वार्थकेन्द्रित राजनीतिलाई परास्त गर्न मतदाता आतुर रहेको उहाँको भनाइ थियो।
शाहले जनक सिंह धामीलाई इमानदार, कर्मठ र जनतासँग जोडिएको उम्मेदवारको रूपमा प्रस्तुत गर्दै कञ्चनपुर क्षेत्र नं. १ मा रास्वपाको जित सुनिश्चित हुने दाबी गर्नुभयो। भेटघाटका क्रममा स्थानीय मतदाताले रास्वपाप्रति देखाएको उत्साह र समर्थनले परिवर्तनको स्पष्ट संकेत दिएको उहाँले बताउनुभयो।
उक्त अवसरमा उम्मेदवार धामीले पुरानो राजनीतिक अभ्यासको अन्त्य गर्दै पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो। जनताको विश्वास र समर्थनका आधारमा निर्वाचन जितेर संसद्मा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो।























Discussion about this post