सुदूर अब टाढा छैन, झिक्कै-झिक्कै माया तम्लाई ! सुदूरपश्चिममा बालेनको माया, देश बन्दैछ बालेनमय

कञ्चनपुर । “सुदूर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई !”
यही भावुक शब्दसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै सुदूरपश्चिमप्रति आफ्नो गहिरो माया प्रकट गरेका छन्।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा केन्द्रित राजनीतिक भ्रमणका क्रममा राखिएको बालेनको उक्त स्टाटसले सुदूरका जनताको मन छोएको छ। विकासका नाममा वर्षौँदेखि उपेक्षित, केन्द्रको नजरबाट टाढा पारिएको सुदूरपश्चिमलाई बालेनले केवल नक्साको कुनामा होइन, राष्ट्रिय राजनीतिका केन्द्रमा ल्याउने संकेत दिएका छन्।

सुदूरपश्चिमप्रति व्यवहारमै देखिएको माया
बालेनको राजनीतिक यात्रा केवल भाषण र नारामा सीमित छैन। जहाँ-जहाँ उनी पुगेका छन्, त्यहाँ स्थानीय जनतासँग प्रत्यक्ष संवाद, समस्या सुन्ने धैर्यता र समाधानप्रति दृढ इच्छाशक्ति देखिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्ला-जहाँ बाटो, रोजगारी, शिक्षा र स्वास्थ्य अझै चुनौतीकै विषय छन त्यहाँ बालेनको उपस्थिति आशाको किरण बनेको छ।
स्थानीय युवाहरू भन्छन्, “हामीलाई पहिलो पटक कुनै राष्ट्रिय नेताले सुदूरलाई माया मात्र होइन, सम्मान दिएको अनुभूति भएको छ।”

आज बालेन केवल नेता मात्र रहेनन्। उनी परिवर्तनको प्रतीक बन्दै गएका छन्। पुरानो राजनीतिक शैली, खोक्रा भाषण र सत्ता-केन्द्रित सोचबाट आजित जनताले बालेनमा नयाँ सम्भावना देख्न थालेका छन्।

सुदूरपश्चिमदेखि मेचीसम्म, हिमालदेखि तराईसम्म, “अब देश बालेनमय बन्दैछ” भन्ने आवाज दिनानुदिन बलियो हुँदै गएको छ। “देशले बालेनलाई प्रधानमन्त्री चाहेको छ” बालेनको सुदूरपश्चिम भ्रमणपछि सामाजिक सञ्जाल र चोक-चौतारामा एउटा साझा आवाज सुनिन थालेको छ ।

“यस्तै नेतृत्व देशलाई चाहिएको हो।” भ्रष्टाचारविरुद्ध कठोर, काममा स्पष्ट र जनताप्रति जवाफदेही बालेनलाई अब केवल स्थानीय तहमा होइन, देशको कार्यकारी नेतृत्वमा देख्न चाहनेहरूको संख्या बढ्दै गएको छ।

“सुदूरपश्चिमप्रति देखिएको यो माया भावनात्मक मात्र होइन, भावी राष्ट्रिय राजनीतिमा बालेनको दाबीलाई अझ मजबुत बनाउने संकेत हो।”

बालेनको स्टाटस छोटो थियो, तर सन्देश गहिरो छ ।
सुदूर अब टाढा छैन। देशका कुनाकाप्चामा बसेका नागरिक पनि समान माया, समान अवसर र समान नेतृत्वको हकदार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित